सुर्खेत, पुष २९- स्थानीय तह निर्वाचनपछि भेरीगंगाको कोटमाझखर्क अन्तर्गतका पुराना जग्गाको लालपुर्जा वितरण बन्द भएपनि लामो सयमपछि पुन लालपुर्जा तयार भएका छन् । २०७८ चैत २५ गते भेरीगंगा वडा नम्बर ८ मा लालपुर्जा वितरण गरिएपनि वडा नम्बर ६ र ७ वडाको वितरण हुन सकेको थिएन् ।
राष्ट्रिय भुमि आयोगले पुष २६ गते भेरीगंगा नपा वडा नंः ६,७,८ का वडाका लालपुर्जा बनेको सुचि पठाएको नगर प्रमुख यज्ञप्रसाद ढकालले बताउनुभयो । लालपुर्जा तयार भएका जग्गाधनिको नाम पठाउँदै आयोगले यथाशीघ्र तोकिएको मालपोत रकम बैंकमा जम्मा गर्न पत्रचार समेत गरेको छ । गत चैत २५ गते गुर्भाकोटमा ३४ र भेरीगंगा नगरपालिकामा १०२ जना गरि १३६ जनालाई लालपुर्जा वितरण गरिएको थियो । सुर्खेतमा २०३९ सालयता भूमिहिनलाई आयोगबाट जग्गाधनी पुर्जा वितरण गरिएको थिएन । जग्गाधनी पुर्जा नहुँदा यहाका बासिन्दा विद्युत्, बैंकिङ सेवा उपभोग गर्नबाट बञ्चित भएका थिए ।
साविक सुर्खेत जिल्ला कोटमाझखर्क गाविस हाल भेरीगंगा, गुर्भाकोट अन्तर्गत पर्ने मेहेलकुना, सहारे, धारापानी, मैनतडाका नापीको समयमा नापनक्सा भई फिल्डबुकमा जग्गाधनीको नाम उल्लेख भएका व्यक्ति, जग्गाधनीले लालपुर्जा पाउने क्रम फेरि सूरु भएको छ ।