भेरीगंगा ४ र ५ वडामा नेकपा एमाले प्यानल विजयी

0
380

भेरीगंगा, जेठ २ – भेरीगंगा नगरपालिकाको पछिल्लो मत परिणाम अनुसार वपडा नम्बर ४ र ५ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । नेकपा एमालेका उम्मेदवार भेरिगंगा ५ बाट वडाअध्यक्षमा प्रेमबहादुर सारु र ४ बाट गगांबहादुर खत्री बिजय हुनु भएको हो ।

वडा नं ५ को वडाध्यक्षमा नेकपा एमालेका प्रेमबहादुर सारु ८०९ मत प्राप्त गरि वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका फडिन्द्रकिशोर वलीले ७६६ र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका यामबहादुर घर्ति मगरले ४ मत प्राप्त गरेका छन् ।

यसैगरी नेकपा एमालेका महिला सदस्य रुपमाया वलीले ७१८ मत प्राप्त गरी विजयी भएकी छन भने नेकपा एमालेका दलित महिला सदस्य खगिसरा नेपाली ८१७ मत ल्याएका छन् । नेकपा एमालेका खुल्ला सदस्यहरुमा गोरखबहादुर खड्काले ८१० र लोक बहादुर घर्तीले ७७० मत ल्याएर निर्वाचित भएका छन् ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here