भेरीगंगा १ र २ वडा जोड्ने छिन्चुखोलामा १८ करोडको पुल शिलान्यास

0
96

प्रेरक्षा गिरी, सुर्खेत -छिन्चुखोलामा पुल नहुँदा हरेक बर्ष जोखिम यात्रा र सडक पहुँचबाट वञ्चित हुँदै आएका भेरीगंगा नगरपालिका वडा नम्बर १ र २ जोड्न छिन्चुखोलामा पक्की पुल शिलान्यास गरिएको छ । भेरीगंगा २ सत्तरीस्थित छिन्चुखोलामा निर्माण हुने पक्की पुलको उपप्रधान तथा रक्षामन्त्री पुर्णबहादुर खड्काले उद्घाटन गर्नुभएको छ ।

आईतबार आज उपप्रधान तथा रक्षामन्त्री खड्काले भेरीगंगा नगरपालिका–२ मा रहेको छिन्चु खोला पुलको शिलान्यास गर्नुभएको हो । शिलान्यासपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका उपसभापति खड्काले पुल बनेपछि भेरीगंगा वडा नम्बर १ र २ वडाको मुहार फेरिनाका साथै मुलुककै अर्थतन्त्र विकासमा मद्दत पुग्ने बताउनुभयो । पुल शिलान्यास आयोजिक कार्यक्रममा सम्बोधन गर्दै उहाँले अब विकास निर्माणका कामले गति पनि लिने उल्लेख गर्नुभयो । विकासका निर्णयमा सबै राजनीति दलको बराबर दायित्व भएको बताउँदै उहाँले चुनावको बेला छुट्टाछुट्टै हिँड्नुपर्ने भएपनि विकास निर्माणमा सबै जुट्नुपर्ने भन्नुभयो । भेरीगंगाको विकट र दुर्गममा पर्ने लेखपराजुल क्षेत्रका नागरिकलाई विकासको पहुँचमा पुर्याउन स्थानीय, प्रदेश र केन्द्र गरि तीनै तहका सहकार लाग्न आवश्यक रहेको उहाँको भनाई थियो ।

संघीय सडक सुपरिवेक्षण अनुगमन कार्यालयका प्रमुख रुपकराज भण्डारीले पुल निर्माणको काम सममयमा सम्पन्न हुने आशा व्यक्त गर्नुभयो । सडक डिभिजन कार्यालय सुर्खेतका प्रमुख अविमन दास मुल्मीले स्वागत मन्त्वय राख्दै निर्माण कम्पनीले २०८० बैशाख १५ गतेसम्म निर्माण कार्य सक्ने सम्झौता भएको बताउनुभयो । पुल निर्माणका लागि निर्माण व्यवसायीलाई निर्माण सामग्री, सडकको पहुँच रहेकोले समयमा निर्माण सक्न आग्रह गर्नुभयो । पुल निर्माणको ठेक्का श्री अन्जना वाई एसएस जेभी काठमाण्डौले पाएको छ ।

कुल लागत अनुमान १८ करोड ७४ लाख ७७ हजार २५१ रहेको पुल निर्माणको सम्झौता रकम १७ करोड ७२ लाख ५८ हजार ९६४ रहेको छ । भेरीगंगा नगरपालिका अन्तर्गत पश्चिम दुर्गम क्षेत्रमा परिचित लेखपराजुल अन्तर्गत साविक वडा नम्बर १ र २ वडा विकास, पुर्वाधार र पहुँचले विकट क्षेत्रमा पर्दछन् । सडक, संचार, यातयात सुविधा, खानेपानी, शिक्षाको पहुँच नहुँदा यहाँका नागरिक दुख र अभावसंग बाचिरेपनि छिन्चु खोलामा पक्की पुल बन्दा अव सहज हुने स्थानीयको भनाई छ । पुल निर्माण समयमा भए यस क्षेत्रका कृषकले लगाएको तरकारी, फलफुल, जडिबुटी, पशुपालनले बजार र मूल्य पाउने आशा गरिएको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here