भेरीगंगा १ मा कांग्रेस, २ मा माओवादी विजयी

0
411

भेरीगंगा, जेठ १- पछिल्लो मतगणना परिणाम अनुसार भेरीगंगा नगरपालिका वडा नम्बर १ र २ को मत परिणाम आएको छ । मत परिणाम अनुसार वडा नम्बर १ बाट नेपाली कांग्रेस र वडा नम्बर २ बाट नेकपा माओवादीका उम्मेदवार विजयी भएका छन् ।

भेरीगंगा वडा नम्बर १ बाट विजयी उम्मेदवारहरूमा वडाअध्यक्षसहित तीन जना नेपाली कांग्रेस र महिला सदस्य माओवादी केन्द्रबाट रहेका छन् । वडाअध्यक्ष दिनेश पुलामी, महिला सदस्य शान्ति ताराम, दलित महिला सदस्य तुलसा नेपाली, खुल्ला सदस्य टोप बहादुर गुरूङ्ग, रमेश कार्की रहनु भएको छ । यस्तै वडा नम्बर २ मा वडाअध्यष नेकपा माओवादी केन्द्रबाट र बाँकी चार जना सदस्य नेपाली काँग्रेसका रहेका छन् ।

निर्वाचित वडाअध्यक्ष चिरञ्जीवी बुढा, महिला सदस्य पवित्रा घर्ती मगर, दलित महिला सदस्य हरिमाया नेपाली, खुल्ला सदस्य दुर्ग बहादुर सारू मगर र माग्ले बुढा रहेका छन् ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here