भेरीगंगा, पुष २६- भेरीगंगा नगरपालिका १३ रामघाट स्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको कम्पाउण्ड निर्माण सूरु भएको छ ।
विद्यालय स्थापना भएको ३३ वर्षपछि विद्यालयको कम्पाउन्ड घेरावार निर्माण सूरु भएको हो । विद्यालय र वडा कार्यलयको प्रयासपछि कम्पाउन्ड घेरावारको काम सुरु भएको वडाअध्यक्ष गणेश बहादुर भण्डारीले बताउनुभयो । विद्यालयमा कम्पाउण्ड नहुँदा खुल्ला चौर र खुल्ला छानामुनि विद्यालयको पठनपान तथा खेलकुद हुँदै गरेकोमा कम्पाउण्ड निर्माण पछि अन्त्य हुने भण्डारीको भनाई रहेको छ ।
स्थापना भएको र स्थानीय सरकार निर्माणको लामो समयपछि विद्यालयका कम्पाउन्ड निर्माण भएको विद्यालय प्रअ मोतिप्रसाद शमाले बताउनुभयो ।
Facebook Comments