भेरीगंगा, चैत २५ -भेरीगंगा नगरपालिका वडा नम्बर १३ मा एक दिने स्वास्थ्य शिविर सम्पन्न भएको हो । वडा नम्बर १३ को मुख्यआयोजक, सहआयोजक भेरीगंगा जेसिज र आधारभूत स्वास्थ्य केन्द्रको समन्वय द्वारा आयोजित एक दिने निशुल्क विशेषज्ञ डाक्टर स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको हो ।
शिविरमा ३४३ जना बिरामीको स्वास्थ्य चेक गरि सम्पन्न गरिएको वडाअध्यक्ष गणेश भण्डारीले बताउनुभयो । सशिविरमा रामघाट कै माटोमा जन्मे हुर्केको हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर भगत सिङ धमला, जनरल फिजिसियन डाक्टर पवन सिङ शाहाको सहभागीता रहेको थियो । शिविरमा सह–आयोजक भेरीगंगा जेसिज अध्यक्ष निर्मला शाही लगाएतको टीम, आधारभूत स्वास्थ्य केन्द्र प्रमुख मानसिङ नेपाली लगाएत स्वास्थ्यकर्मी र स्वास्थ्य स्वयंसेविका, लाँलीगुराँस माबी प्रअ प्रेमबहादुर थापा लगाएत शिक्षक र जनप्रतिनिधिको सहभागीता रहेको थियो ।
शिविरमा चिकित्सक शुल्क बापत प्राप्त पन्त्र्र हजार रकम कार्यक्रम स्थल लाँलीगुराँस माबिका यसै वर्ष एसईई दिइरहेका मध्ये प्रथम एक जना विद्यार्थीलाई प्रअ मार्फत सहयोग हस्तान्तरण गरिएको थियो ।