भेरीगंगा १३ मा भूमि आयोग अन्तर्गत जग्गा नापजाँच सूरु

0
85

भेरीगंगा, चैत २९- रष्ट्रिय भुमि आयोग सुर्खेतले भेरीगंगा नगरपालिकाको समन्वयमा नगरको वडा नम्बर १३ मा भूमि आयोग अन्तर्गत जग्गा नापजाँच कार्य सुरू गरेको छ । नगरपालिकाको प्राविधिक सहयोगमा वडा नम्बर १३ मा मंगलबारदेखि नाँप जाँच सूरु भएको हो । नगरपालिकाले यसअघि लेखपराजुल अन्तर्गत वडा नम्बर १, २ र ३ मा जग्गा नापजाँचको कार्य द्रूतगतिमा अघि बढाएको छ ।

भूमि सम्बन्धी ऐन (आठौं संशोधन) र भूमि सम्बन्धी नियम अठारौं संशोधनको व्यवस्थाअनुसार भेरीगंगामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापनलाई प्रभावकारी बनाई लालपुजा तयारीका लागि कामलाई गति दिएको छ । राष्ट्रिय भूमि आयोगमार्फत नगरपालिकाले लेखपराजुल र रामघाट क्षेत्रमा जग्गा नाँपजाँच सूरु गरेको भेरीगंगा नगरपालिकाका मेयर यज्ञप्रसाद ढकालले बताउनुभयो । कतिपय ठाउँमा जग्गा विवाद, जोखिम क्षेत्र भनी नापजाँचको कार्य गर्न ढिला भएपनि समग्र समस्या समाधान हुने गरी जग्गा नापजाँच भैईरहेको मेयर ढकालले जानकारी दिनुभयो ।

राजस्व निर्धारण प्रक्रिया झन्झटिलो, महंगो भएका कारण सानो जग्गा भएका भूमिहीनलाई जग्गादर्ता गराउन समस्या भएकाले यसलाई सहज र सस्तो बनाइनुपर्ने माग भेरीगंगा र गुर्भाकोट नगरमा उठ्ने गरेको छ । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोेबासी र जग्गासम्बन्धीको अधुरा कार्य (सेतो पुर्जा) को व्यवस्थापनका लागि सैद्धान्तिक प्रशिक्षण, लगत संकलन, छानबिन र जग्गा नापजाँचको प्रक्रिया अहिले र्भैईरहेको छ । यसअघि जनशक्ति अभावका कारण पनि जग्गा नापजाँचको कार्य ढिला भएको थियो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here