प्रेरक्षा गिरी, चैत २७ -भेरीगंगा नगरपालिका वडा नम्बर १२ को पहलमा वडाका तीन स्थानमा खानेपानी र सिँचाई प्रयोजनका लागि डिपबोरिङ्ग जडान सूरु भएको छ । वडा कार्यालयको पहलमा भेरी बबई ड्राईभर्सन आयोजनाबाट दुई वटा र नगरपालिकाबाट एक डिपबोरिङ्ग जडान सूरु भएको हो ।
तीन वटा डिपबोरिङ्ग मध्ये दुई वटा जडान सम्पन्न भएको र एक जडान प्रक्रियामा रहेको वडाअध्यक्ष रामबहादुर डाङ्गीले बताउनुभयो । वडाको कालीकाटोल र मृर्गेडाडामा डिपबोरिङ्ग जडान सकिएको हो । यस्तै नगरपालिकाबाट बनाउने भनिएको डिपबोरिङ्गका लागि नँया बन्दै गरेको बसपार्क नजिक बनाउने पहल भैईरहेको वडाअध्यक्ष डाङ्गीले जानकारी दिनुभयो । भेरी बबई ड्राईभर्सन आयोजनाको १६ लाख लगानीमा ६० फिट गहिरा दुई वटा डिपबोरिङ्ग तयार भएको वडाले जानकारी दिएको छ । यस्तै नगरपालिकाको ६ लाखमा बनाउने डिपबोरिङ्ग छिटै सूरु हुने बताएको छ ।
वडामा बनाएका डिपबोरिङ्गले सिँचाई र खानेपानीमा प्रयोग हुने भएको छ । वडामा एकै पटक तीन वटा डिपबोरिङ्ग जडान गरेपछि पिउने पानीका लागि राहात हुने भएको छ ।