भेरीगंगा १० र १२ मा कांग्रेसको प्यानल विजयी

0
352

भेरीगंगा, जेठ ४- पछिल्लो मतपरिणाम अनुसार भेरीगंगा १० बाट नेपाली कांग्रेस उम्मेदवार बिरबहादुर बस्नेत वडाअध्यक्षमा विजय भएका छन् । प्रतिद्धन्द्धी एमालेका उम्मेदवार धनबहादुर कामीलाई १०० मत अन्तरले पराजित गर्दै बस्नेतको प्यानल विजय भएको हो ।

वडा नम्बर १० मा कांग्रेसका विरबहादुर बस्नेत १०८७, एमालेका धनबहादुर कामी ९८७, माओवादी केन्द्र भद्रबहादुर राना ४६ र नेकपा एस मिनबहादुर पुन २५ मत पाएका थिए । वडामा कांग्रेसका वडासदस्यहरुमा खुल्ला महिला सदस्यमा खगीसरा पुन मगर, दलित महिला सदस्यमा लालसरी कामी, पुरुष खुल्ला सदस्यमा गोपाल बनगाडी र नोखबहादुर रोयकालाई विजय भएका छन् । यस्तै भेरीगंगा नगरपालिका वडा न. १२ को अन्तिम मत गणना अनुसार नेपाली कांग्रेसका रामबहादुर डांगी विजय भएका छन् । वडाअध्यक्षमा एमालेका मेगबहादुर विश्वकर्माले ६८७ र कांग्रेसका डांगीले ९७५ मत पाएका छन् । कांग्रेसका डांगीले एमालेका उम्मेदवारलाई २८८ मतले पराजित गरेका हुन् ।

स्थानीय तह निर्बाचन २०७९ मा भेरीगंगा ९ बाट नेपाली कांग्रेसको प्यानल नै विजय भएको छ । प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवारलाई ३०२ मत अन्तरले पारजित गर्दै कांग्रेसका वडाअध्यक्षका उम्मेदवार प्रेमबहादुर आग्री विजय भएका हुन् । अहिले भेरीगंगाको वडा नम्बर ११ को मत गणना जारी रहेको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here