भेरीगंगा १० मा कांग्रेसका बिरबहादुर बस्नेत प्यानल विजय

0
344

भेरीगंगा,जेठ ४- पछिल्लो मतपरिणाम अनुसार भेरीगंगा १० बाट नेपाली कांग्रेस उम्मेदवार बिरबहादुर बस्नेत वडाअध्यक्षमा विजय भएका छन् । प्रतिद्धन्द्धी एमालेका उम्मेदवार धनबहादुर कामीलाई १०० मत अन्तरले पराजित गर्दै बस्नेतको प्यानल विजय भएको हो ।

वडा नम्बर १० मा कांग्रेसका विरबहादुर बस्नेत १०८७, एमालेका धनबहादुर कामी ९८७, माओवादी केन्द्र भद्रबहादुर राना ४६ र नेकपा एस मिनबहादुर पुन २५ मत पाएका थिए । वडामा कांग्रेसका वडासदस्यहरुमा खुल्ला महिला सदस्यमा खगीसरा पुन मगर, दलित महिला सदस्यमा लालसरी कामी, पुरुष खुल्ला सदस्यमा गोपाल बनगाडी र नोखबहादुर रोयकालाई विजय भएका छन् ।

अहिले भेरीगंगाको वडा नम्बर ११ र १२ को मत गणना जारी रहेको छ । वडा नम्बर १३ को मत गन्न बाँकी रहेको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here