भेरीगंगा वडा नम्बर ९ का सेवा र सिफारिस अव अनलाईन प्रविधिबाट

0
305

सृजना बारघरे, पुष २२- कर्णाली प्रदेशमा पहिलो पटक भेरीगंगा नगरपालिकाको वडा नम्बर ९ वडा कार्यालयका सेवा तथा कार्यहरु अनलाईन प्रविधिबाट प्रदान गरिने भएको छ । आगामी फागुन महिनादेखि वडाका सिफारिस, शूल्क दस्तुर, व्यक्तिगत घटना दर्ता, सेवाप्रवाह अनलाईन प्रविधिीबाट गरिने भएको हो ।


अन्तराष्ट्रिय दातृसस्था जिआईजेडको सहयोगमा भेरीगंगा वडा नम्बर ९ जहरेका सेवाप्रवाहरु डिजिटाईजेशन गर्न थालिएको वडासदस्य ईश्वर पोखरेलले बताउनुभयो । शुक्रबार वडामा भएको सहयोगी सस्था, वडाका प्रतिनिधी, टोलविकासका पदाधिकारी, व्यापारी र सरोकार निकायबिचको छलफलले आगामी महिनाबाट वडाले प्रदाान गर्ने सेवा सूविधाहरु अनलाईन प्रविधीमा लैजाने निर्णग गरेको हो । अनलाईनमा वडाका सेवाहरु लागू गरेपछि वडाबासीले सिफारिस, कर राजस्व भुक्तानी, नविकरण, सामाजिक सुरक्षा भत्ता, व्यक्तिगत घटना दर्ताजस्ता कागजात घरबाटै आवेदन दिन सक्ने वडाअध्यक्ष प्रेमबहादुर आग्रीले बताउनुभयो । घरमै बसेर ईन्टरनेटको सहयोगमा मोबाईल, कम्प्युटरबाट वडाका सेवासुविधा लिन सक्ने छन् । २४ घण्टा अनलाईनबाट वडाका सुविधा लिन पाईने छ । तत्काललाई वडाले वडाबाट सिफारिस, राजस्व, आवेदन र वडाको घरनम्बर अनलाईन प्रविधिीमा लिने तयारी गरेको हो ।


कर्णाली प्रदेशमा भेरीगंगा वडा नम्बर ९ संगै वडा नम्बर ११ र १२ का सेवाहरु पनि अनलाईन प्रविधिबाट सूरु गर्ने तयारी गरिएको छ । जिआईजेडले कर्णाली प्रदेशमा सुर्खेतको भेरीगंगा र दैलेखको दुल्लु नगरपालिकाका ३÷३ वडाहरुलाई अनलाईन प्रविधिमा सेवाहरु लागु गराउन सहयोग गर्ने भएको हो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here