भेरीगंगा नगर सभाबाट ६७ करोडको बजेट पेश

0
348

भेरीगंगा, असार १० -भेरीगंगा नगरपालिकाको ११ औँ नगरसभाले आगामी आर्थिक बर्ष २०७९।०८० का लागि ६७ करोड बजेको बजेट पेश गरेको छ । शुक्रबार सम्पन्न ११ औँ नगरसभाले आगामी आर्थिक बर्षका लागि ६७ करोड ५ लाख ८१ हजार ७७९ रुपैँया बराबरको बजेट सभामा पेश गरेको हो ।

नगरसभामा नगर उपप्रमुख धनसरा बोहराले अनुमानित आययतर्फ छ वटा शीर्षक र व्ययतर्फ ११ वटा शीर्षकमा अनुमानित बजेट पेश गर्नुभएको थियो । नगरसभाले सभामा प्रस्तुत आयतर्फको खर्च पास गरेको छ । यस्तै व्यय खर्चतर्फको बजेट आगामी असार २२ गतेको नगरसभामा प्रस्तुत गर्ने निर्णय गरेको छ । नगरसभामा नगर प्रमुख यज्ञप्रसाद ढकालले प्रस्तुत गर्नुभएको आगामी आर्थिक बर्षको निति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

नगरसभाले निति तथा कार्यक्रम र आगामी आर्थिक बर्षको विनियोजन ऐन २०७९ पास गरेको छ । आगामी असार २२ गते पुन नगरसभा बस्ने भएको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here