भेरीगंगा, बैशाख १५ – भेरीगंगा नगरपालिकामा नगर प्रमुख मेयर पदका लागि दुई स्वतन्त्र र ४ वटा पार्टीले उम्मेदवारी दर्ता गराएका छन् । भेरीगंगा नगरपालिकामा मेयरका उम्मेदवारी उठाउनेमा जनता समाजवादी पार्टी नेपाल, राष्टिय प्रजातन्त्र पार्टी, नेपाल कम्न्युष्ट पार्टी माओवादी केन्द्र, नेपाल कम्न्युष्ट एकिृत समाजवादी, नेपाली कम्न्युष्ट पार्टी एमाले र नेपाली कांग्रेस रहेका छन् ।
यस्तै स्वतन्त्र मेयरमा उम्मेदवारी दिनेमा मानबहादुर बुढामगर र पहलसिँह बस्याल रहेका छन् । मेयरमा उम्मेदवारी दर्ता गर्नेहरुमा जनता समाजवादी पार्टी नेपालबाट अमरबहादुर बुढा, राष्टिय प्रजातन्त्र पार्टीबाटठ गोपाल हमाल, नेपाल कम्न्युष्ट एकिृत समाजवादीबाट जयबहादुर सुनार, नेपाल कम्न्युष्ट पार्टी माओवादी केन्द्रबाट डल्लीकुमारी बुढा, नेपाली कम्न्युष्ट पार्टी एमालेबाट यज्ञप्रसाद ढकाल र नेपाली काँग्रेसबाट रामबहादुशर सिँह रहनुभएको छ ।
भेरीगंगा नगरपालिकामा मेयरका लागि ८ जनाको उम्मेदवारी दर्ता भएको छ ।