भेरीगंगा नगरपालिकामा चालू बर्षका योजना सम्झौता सूरु

0
136

सुर्खेत, पुष ३- भेरीगंगा नगरपालिकाले निर्वाचनको अवधि सकिएसंगै चालू आर्थिक बर्ष २०७९।०८० को योजनाहरु सम्झौता सूरु गरेको छ । नगरपालिकाले एक सतादेखि चालू बर्षको उपभोक्ता समिति, टोल विकास समिति र टेण्डर ठेक्कामार्फत हुने विकास काम सूरु गरेको हो ।

सम्झौतासंगै नगरभित्र वडाका सडक निर्माण, विस्तार, मर्मतसम्भार, ग्राभेलिङ्ग, कालोपत्रे, विजुली विस्तार, खानेपानी विस्तार, सिँचाई निर्माण, पुल कल्र्भट निर्माण, विद्यालय भवन, स्वास्थ्य भवन निर्माणजस्ता कामले गति पाउन थालेको छ । भेरीगंगा नगरपालिकाका मेयर यज्ञप्रसाद ढकालले निर्वाचनको अवधिसकिएसंगै चालू बर्षका योजनाहरु सम्झौता सूरु भएको बताउनुभयो । अव नगरका विकास निर्माणका कामले गति पाउने ढकालले भन्नुभयो । नगरमा सम्झौताहरु ढिला सूरु हुँदा वडाका विकट, गाउँ र दुर्गमका सडक सफाई र मर्मत नहुँदा आवतजावत ठप्प थियो ।

भेरीगंगा नगरपालिकाको ११ औँ नगरसभाले चालू आर्थिक बर्ष २०७९।०८० मा ६७ करोड ५ लाख ८१ हजार ७ सय ७९ रुपैयाँ बजेट पास गरेको थियो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here