भेरीगंगा नगरको पहिलो निर्णय दिर्घरोगीलाई मासिक भत्ता

0
1229

भेरीगंगा, जेठ ९- भेरीगंगा नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख र उपप्रमुखले कार्यभार समाहल्दै दुई वटा महत्वपूर्ण निर्णय गरेका छन् ।

आज कार्यभार समाल्दै नगर प्रमुख यज्ञप्रसाद ढकालले मुटु, मिर्गौला, क्यान्सर, प्यारालाइसिस लगायत ९ प्रकारका रोगले ग्रसित बिरामिहरुलाइ मासीक दुई हजारका दरले आर्थिक सहयोग गर्ने निर्णय गरेका हुन् । यस्तै नगर प्रमुखले नगरका बिपन्न बर्गको पहिचान गरि उनीहरुको बत्ती पानीको बिल नगरले भुक्तानी गरिदिने निर्णय समेत गरेका छन् ।

भेरीगंगा नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधीहरुलाई निर्वाचित भएको प्रमाणपत्र, शपथ ग्रहण लिएसंगै आजबाट पालिका र १३ वटै वडामा पदभार समालेका छन् ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here