सुर्खेत, बैशाख २४ – नेपाली कांग्रेस भेरीगंगा नगर कार्यसमितिले नगरका आधा दर्जन वडामा प्रथम वडा सम्मेलन सम्पन्न गरेकोे छ । नगर कार्यसमितिको आयोजनामा नगरका वडा नम्बर १,२,३, ४, ६,७, १० मा प्रथम वडा सम्मेलन सम्पन्न भएको हो ।

प्रथम वडा सम्मेलन सम्पन्नसंगै वडाको सांगठनिक, राजनीतिक र आर्थिक प्रतिवेदन पारित भएको नगर सभापति रामबहादुर सिँहले बताउनुभयो । वडा सम्मेलनमा अब कांग्रेसका नेता, परिवारको रुपमा अगुवा भएर युवादेखि महिला सवैको हितमा लाग्नपर्ने समय आएकाले वडाका साथीहरु घरघरमा सुख दुखमा जोडिन, वडाका सरकारी गैरसरकारी संघसंस्थामा सहभागी भइ नेतृत्व गरि जनपक्षिय काम गर्न निर्देशन दिएको सभापति सिँहले भन्नुभयो ।

उहाँले हालसम्म भएका योजना, रोजगारीका बिषयमा वडाले समीक्षा गर्न साथै सवै तहबाट हुने बिकास अनुगमन, रेखदेख गरि गुणस्तरीय बनाउन पहल गर्नुपर्ने सुझाव दिनुभयो । सम्मेलनमा वडा, नगरका नेता र क्रियाशील सदस्यको उपस्थितिमा छलफल भैईरहेका छन् ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here