भेरीगंगा, सुर्खेत -राष्ट्रियस्तरमा नँया राजनितिमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश लहर सुर्खेतको भेरीगंगा नगरभित्र पनि अत्याधिक देखिएको छ । पार्टीको भेरीगंगा नगरस्तरीय कार्यसमिति विस्तार भएसंगै नगरका व्यापारीहरु राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश लहर देखिएको हो ।
नगरभित्र दुई दिनमा व्यापारी र अन्य क्षेत्रका व्यक्ति गरि सयबढीले राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् । पार्टीको नगरकार्यसमितिले नँया सदस्यता खुल्ला आवहन गरेसंगै व्यापारीहरुले समेत अन्य पार्टी छोडेर सदस्यता लिएका छन् । भेरींगंगा ९ जहरेबजारमा ८ बर्षदेखि मनकामना भुपु सैनिक होटल संचालक गर्दै आउनुभएका सर्वे राना शनिबार राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नुभएको छ । नेपाली कांग्रेसको सदस्यता रहनुभएका राना राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेपछि भेरीगंगा वडा नम्बर ९ को वडासमिति अध्यक्षका लागि दावी रहेको बताउनुभयो । गएको शुक्रबार मात्र जहरेबजारकै व्यापारी मोहन सिंह खत्रीले समेत पार्टीको नँया सदस्यता लिनुभएको राष्ट्रिय स्वतन्त्र पाटी नगर सदस्य पठे वलीले बताउनुभयो ।
पछिल्ला समयमा नगरका दर्जनौ व्यापारीसहित सँयौ व्यक्तिले पार्टीको सदस्यता लिएको वलीले जानकारी दिनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टी भेरिगंगा नगर कार्य समिति सभापतिम राजेन्द्रप्रसाद शर्मा हुनुहुन्छ । पार्टीले भेरीगंगा वडा वडामा कार्यसमिति विस्तार समेत सूरु गरेको छ ।