भेरीगंगा, गुर्भाकोट र लेकबेशीलाई रेबिज महामारी क्षेत्र घोषणा गर्न माग

0
74

सुर्खेत, पुष २९ -सुर्खेतको भेरीगंगा, गुर्भाकोट र लेकबेशी नगरपालिका क्षेत्रमा केही महिनादेखि बौलाह कुकुर छाडा पशुचौपायको टोकाईबाट मानिस, पशुपंक्षीहरुमा रेबिज अत्याधिक बढ्न थालेपछि सरोकार निकायले महामारी क्षेत्र घोषणा गर्न माग गरेका छन् । बौलाह कुकुरलगायत पशुहरुको टोकाईबाट दुई व्यक्तिको मृत्यु, सय बढी नगरबासी घाईतेदेखि सँयौको संख्यामा पशुचौपायको मृत्यु र घाईते भएपछि रेबिज महामारी क्षेत्र घोषणा गरि नियन्त्रणको काम गर्नुपर्ने देखिएको हो ।

भेरीगंगा नगरपालिकाका पशुपंक्षी शाखा प्रमुख भोजप्रसाद चपाईले यो क्षेत्रमा रेबिज महामारी र संकट क्षेत्र घोषणा नगर्दासम्म नियन्त्रण गर्न गाहे भएको बताउनुभयो । महिनादिनमा रेबिज रोग समुदायस्तरमा फैलिएकोले महामारी क्षेत्र घोषणा गरि केन्द्रबाटै नियन्त्रणका लागि पहल आवश्यक रहेको उहाँको भनाई छ । भेरीगंगा नगरपालिकामा तीन महिनाअघि देखिएको रेबिज लेकबेशी नगरपालिका हुँदै यतिबेला गुर्भाकोट नगरपालिकाले पालिका भित्र फैलिएको छ । गुर्भाकोट नगरका मेयर हस्त पुनले गुर्भाकोटका विभिन्न वडामा बौलाह कुकुरको टोकाई र रेबिजको संक्रमण देखिएको बताउनुभयो । रेविज र बौलाह कुकुर नियन्त्रण गर्न स्थानीय पालिकाको प्रयास मात्र सम्भव नरहेको उहाँको भनाई छ । रेबिज महामारी र संकट क्षेत्र घोषणा गरेमात्र नियन्त्रण आउज सहज हुने उहाँको भनाई छ ।

यतिबेला पुर्वी सुर्खेतमा पालिकाहरुले प्रत्येक वडाहरूमा कुकुरलाई रेविज बिरूद्दको खोप लगाउने कार्य शुरू गरेको छ । गाउँ बस्तीहरूमा बौलाहा कुकुरले मानिहरू तथा पशु चौपायालाई टोकेपछि यो अभियान शुरू गरिएको हो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here