भेरीगंगा, बैशाख ५ -नेपाली कांग्रेसका भेरीगंगा नगरपालिकाभित्रका १३ वटै वडामा प्रथम वडा सम्मेलन सूरु भएका छन् ।
पार्टीका प्रदेश, क्षेत्र, पालिका सम्मेलन सकिएपछि भेरीगंगा नगरभित्र वडा सम्मेलन हिजोबाट सूरु भएको हुन् । दोस्रो दिनसम्म वडा नम्बर ४, १०, २ र ७ वडाको प्रथम वडा सम्मेलन सम्पन्न भएको नेपाली कांग्रेस भेरीगंगा नगर कार्यवहाक सभापति प्रतिक्षा विकले जानकारी दिनुभयो । एकसातमा १३ वडाको प्रथम वडा सम्मेलन सकिने गरि काम भैईरहेको उहाँको भनाई छ । वडा नम्बर ४ र १० मा सोमबार र वडा नम्बर २ र ७ मा मंगलबार आज नेपाली कांग्रेसको एतिहासिक प्रथम वडा सम्मेलन सम्पन्न भएको हो ।
वडा सभापतिको अध्यक्षता र कर्णाली प्रदेश, नगर, जिल्ला, क्षेत्रीय कार्यसमिति प्रतिनिधीको प्रमुख आतिथ्यमा सम्मेलन भैईरहेका छन् । जिल्लाका ९ वटा पालिकाका वडा सम्मेलन सम्पन्नपछि नेपाली कांग्रेस सुर्खेत जिल्ला प्रथम सम्मेलन हुने भएको छ ।