दिलिप ढकाल, सुर्खेत असार ५ -आर्थिक समृिद्धको आधार, लघु उद्यम मार्फत स्वरोजगार कार्यक्रम अन्तर्गत सुर्खेतको भेरीगंगा नगरपालिकामा मेसिनबाट दुना टपरी बनाउने सीप विकास तालिम सुरु भएको छ । भेरीगंगा नगरपालीका उद्योग विकास शाखाको आयोजना तथा भेरीगंगा नगरपालीकाको आर्थिक सहयोग संचालित उक्त तालिम उपहार महिला लघु उद्यमि सहकारी संस्थाको हलमा सुरु भएको हो ।
उधोग बिकास शाखा प्रमुख पिताम्बर पौडेलले दुना टपरी तालिमको अध्यक्षता गर्नु भएको थियो भने भेरीगंगा नगरपालिकाका नगर उपप्रमुख धनसरा बोहरा उक्त तालिमको प्रमुख अतिथिको रुपमा तालिम उद्घाटनमा सहभागी हुनु भएको थियो । त्यस्तै तालिममा उधोग शाखामा कार्यरत अधिकृत छठौ चित्रा डाङ्गी, भेरीगंगा नगरपालिका वडा नं १० कि महिला सदस्य खगिसरा पुन, तालिम प्रशिक्षक हरिकला रम्तेल लगायत अन्य व्यक्तिहरुको पनि उपस्थिती रहेको थियो । वडा नम्बर १० र वडा नम्बर ५ का १२ जना सहभागीहरुको सहभागीता रहेको तालिमको सहजिकरण उद्यम विकास सहजकर्ता लालबहादुर कार्की र सुनिता जैसिले गर्नुभएको थियो । यहि असार ५ गते सुरु भएकोदुना टपरी तालिम यहि असार ११ गते सम्म संचालन हुने छ ।
कार्यक्रममा आफ्नो भनाई राख्दै भेरीगंगा नगरपालिका उपप्रमुख धनसरा बोहोराले तालिममा सहभागीलाई जोस र जागरका साथ् तालिम सिकेर आत्मानिर्भरतर्फ उन्मुख हुन समेत आग्रह गर्नु भएको थियो । तालिममा सहभागी मध्ये कसले के र कति सिकेको छ भनि मुल्यांकन गर्ने र उत्कृष्टलाई नगरपालिकाले प्रोत्साहन गर्ने समेत उहाले जानकारी दिनुभयो ।