भेरीगंगामा २४ जनाको उम्मेदवारी फिर्ता

0
470

भेरीगंगा, बैशाख १७- भेरीगंगा नगरपालिकाबाट हिजो साँझसम्म विभिन्न पार्टी र स्वतन्त्रका २४ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन अधिकृत नगेन्द्र लम्सालका अनुसार भेरीगंगामा मेयरका उम्मेदवार १ जना, उपमेयरका उम्मेदवार ३ जना र अन्य वडाअध्यक्ष पदका २० जना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

उम्मेदवारी फिर्ता लिनेमा नेकपा माओवादी केन्द्रका मेयरका उम्मेदवार डल्लीकुमारी बुढा रहनु भएको छ । यस्तै उपमेयरको उम्मेदवारी फिर्ता लिनेमा नेपाली कांग्रेसका प्रतिक्षा विक, स्वतन्त्र उम्मेदवार गोमा थापा र नेकपा एककिृत समाजवादीका छविकला बुढा रहनु भएको छ । यस्तै उम्मेदवारी फिर्ता लिनेमा वडाअध्यक्षमा ८ जना, महिला वडासदस्य ४, दलित महिला सदस्य २, खुल्ला सदस्यमा ६ जनाले उम्मेदवारी फिर्ता लिएका छतन् । अव भेरीगंगामा विभिन्न पार्टी र स्वतन्त्र गरि २७३ उम्मेदवारी चुनावी मैदानमा रहेका छन् । यस्तै गुर्भाकोट नगरपालिकामा ७ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन अधिकृत तुल्सा भण्डारीका अनुसार स्वतन्त्र ४ जना र माओवादी केन्द्रका ३ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका हुन् ।

स्वतन्त्रका वडाअध्यक्ष उम्मेदवार खिमानन्द ढकाल, देविलाल विक, बालकृष्ण डांगी र सिता भण्डारी रहनु भएको छ । माओवादी केन्द्रका दिलमाया पुन, ललिता कामी, खड्कबहादुर सुनारले उम्मेदवारी फिर्ता लिनु भएको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here