भेरीगंगामा पार्टी उम्मेदवार र वागी उम्मेदवारी दर्ता

0
393

भेरीगंगा, बैशाख १२- आज सोमबार सुर्खेत जिल्लाका पालिकामा विभिन्न राजनैतिक दलका प्रतिनिधीले पालिका प्रमुख, उपप्रमुख, वडाअध्यक्ष र वडासदस्यले उम्मेदवारी मनोनयन गरेका छन् । भेरीगंगामा विभिन्न पार्टीका उम्मेदवारले आज दिनभर निर्वाचन अधिकृतको कार्यालमा बाजागाजासहित शक्ति प्रदर्शन गर्दै उम्मेदवारी दर्ता गराएका छन् ।


पार्टीका आधिकारीक उम्मेदवार, स्वतन्त्र उम्मेदवार र वागी उम्मेदवारले आज उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी, राप्रपा, जसपा, नेकपा एस पार्टी र स्वतन्त्र उम्मेदवारले पालिका प्रमुख, उपप्रमुख, वडाअध्यक्ष, वडासदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । नेपाली कांग्रेसले वडा नम्बर ७ र ३ मा पुरानै वडाअध्यक्षलाई दोहोर्याएको छ । यस्तै नेकपा एमालेले वडा नम्बर ५ का वडाअध्यक्षलाई पुन वडाअध्यक्षमा दोहोर्याएको हो । कांग्रेसले ११ वडामा नँया वडाअध्यक्ष र एमालेले १२ वडामा नँया वडाअध्यक्ष उम्मेदवारीको नाम मनोनयन गरेको छ । नगर प्रमुखका लागि कांग्रेस र एमाले तथा अन्य साना दलहरुले नँया उम्मेदवारलाई चुनावी मैदानमा उतारेको छ ।

यसैबिच भेरीगंगा नगरमा नेपाली कांग्रेसका वडा नम्बर १० का वडाअध्यक्ष मानबहादुर बुढाले मेयरमा स्वतन्त्रबाट, नेकपा एमालेकी सीता शर्माले उपमेयरमा, विभिन्न पार्टीका ४ जना महिलाको उपमेयर, वडाअध्यक्षमा विभिन्न दलका ७ जनाले वागीसहित स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here