भेरीगंगामा पन्ध्र सय पशुपंक्षीमा रेबिज खोप लगाईयो

0
80

भेरीगंगा, पुष १४ – पछिल्ला महिलामा भेरीगंगा नगरपालिकाका घरपालुवा पशुपंक्षीमा रेबिज रोगको संक्रमण देखिएपछि नगरपालिकाले रेबिज खोप लगाउन सक्रियता देखाएको छ । यसै क्रममा बिहीबार भेरीगंगा ५ भर्लेनिमा एक दिने पशुस्वास्थ्य शिबिर सम्पन्न भएको छ ।


पशुपंक्षी विकास निर्देशनालय सुर्खेतको आर्थिक, प्रबिधिक सहयोग र भेरीगंगा पशुपंक्षी बिकास शाखाको सहजिकरणमा शिविर सम्पन्न भएको हो । शिविरमा करिव एक हजार पाँच सय घरपालुवा पशुपंक्षीमा रेबिज विरुद्धको खोप लगाएको पशुपंक्षी विकास शाखा प्रमुख भोजप्रसाद चपाईले बताउनुभयो । शिविरमा ३२१ जना किसानले ल्याएका बाख्रा ११०४ वटा, गाईगोरु २०४, भैंसी १०४ र ८१ वटा कुकुरमा रेबिज बिरुद्वको खोल लगाईयको थियो । शिबिर बिहान ९ कजे देखि दिउसो ३ बजेसम्म चलेको थियो ।


निशुल्क शिबिरमा वडा नम्बर ५ का जनप्रतिनिधि गोरखबहादुर खड्काको प्रमुख आतित्थमा भएको थियो । शिबिरमा पशुस्वास्थ्य अधिकृत मोहन गिरि, भोजप्रसाद चपाई, छितिज राना, कमला चालिसे र डाक्टर सोबिना मल्ल लगायत ९ जना प्राबिधिक सेवा दिनु भएको थियो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here