सुर्खेत, बैशाख १२- आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि भेरीगंगा नगरपालिका मेयर, उपमेयरमा नेपाली कांग्रेसले रामबहादुर सिँह र उपमेयरमा प्रतिक्षा विकलाई सिफारिस गरेको छ ।
नेपाली कांग्रेस कर्णाली प्रदेश कमिटिले भेरीगंगा मेयरका लागि कांग्रेस नगर कमिटि सभापति रामबहादुर सिँह र उपसभापति प्रतिक्षा विकलाई उम्मेदवारी बनाएको हो । पार्टीका मेयरका ८ जनाको दावी रहेकोमा सिँहलाई मेयरको उम्मेदवारी दिएको हो । यस्तै उपमेयरका ९ जनाको दावी रहेकोमा विकलाई उम्मेदवारी दिएको हो ।
निर्वाचन आयोगले बैशाख ११ र १२ गते उमेदवारीको नाम मनोनय गर्ने समय तोकेकोले कांग्रेसले भेरीगंगाका लागि प्रमुख, उपप्रमुख उम्मेदवारी आजै टुंगो लगाएको छ । यस्तै नेपाली कांग्रेसले नगरका १३ वडाहरुमा वडाअध्यक्षको पनि लगभग उम्मेदवारी टुंगो लगाएको छ । सुर्खेत जिल्लामा नेपाली पाँच दलको गठबन्धन नमिलेपछि नगर प्रमुख र उपप्रमुखमा कांग्रेसले उम्मेदवारी टुंगो लगाएको हो ।
पहिलो स्थानीय तह निर्वाचनमा ८० प्रतिशत स्थानीय तह सरकार जितेको भेरीगंगा नगरपालिकामा कांग्रेसको उम्मेदवारी सिफारिस सकिएको छ ।