भेरीगंगा, चैत १४- भेरीगंगा नगरपालिका पशुपंक्षी विकास शाखाले मंगलबार नगरका करिव पाँच सय कृषकलाई पशुपक्षीका लागि पोषिलो घाँसको विउ वितरण गरेको छ । नगरभित्रका पशुपंक्षीपालक तथा कृषि, पशु फार्म संचालक कृषकलाई उक्त घाँसको विउ वितरण गरिएको हो ।


भेरीगंगा नगर अन्तर्गत साविक छिन्चु, रामघाट र मैनतडाका ५६२ जना कृषक र फार्महरुबाट घाँसको विउ माग भएकोमा मंगलबाट पहिलो दिन ४६२ जनालाई वितरण गरिएको पशु्पंक्षी विकास शाखा प्रमुख भोजप्रसाद चपाईले जानकारी दिनुभयो । बाँकी एक सय जना कृषक तथा फार्म संचालकलाई केही दिनमा वितरण गरिने उहाँले भन्नुभयो । पशुपंक्षी विकास शाखाले टियुसेन्टी अर्थात मकैचरी घाँस वितरण गरिएको हो । वितरण गरिएको उक्त घाँस पशुहरुका लागि पोषिलो, दुधिलो र स्वास्थ्यबद्र्धक रहेको बताएको छ ।

खडेरी, सुख्खा र उजाड जग्गामा लगाउन मिल्ने उक्त घाँसको विउँ लगाएको ५ महिनापछि प्रयोग गर्न सकिने र पाँच पटक काटेर प्रयोग मिल्ने रहेको छ । एक बर्षसम्म उक्त घाँसले काम गर्ने पशुपंक्षी शाखा प्रमुख चपाईले जानकारी दिनुभयो । मंगलबार पशुपंक्षी विकास शाखाको आयोजनामा एक कार्यक्रमका बिच नगर प्रमुख यज्ञप्रसाद ढकाल, प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद पोखरेलले कृषकलाई घाँसको विउ वितरण गर्नुभयो ।
पशुपंक्षी कृषकलाई प्रतिव्यक्ति आधा किलो र पशुपंक्षी फार्म संचालकलाई प्रतिर्फाम दुई किलो घाँसको विउ वितरण गरिएको थियो ।

पहिलो दिन सात क्वीन्टल घाँसको विउ वितरण भएको छ । नगर प्रमुख ढकालले पहिलो दिनमा विउ नपुगेका बाँकी एक सय कृषकलाई केही दिनमा वितरण गरिने बताउनुभयो । अपुग कृषकलाई नगर प्रमुख ढकालकै निर्देशनमा अपुग विउ खरिद गरि सबैलाई व्यवस्थापन गर्न प्रक्रिया अगाडी बढाएको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here