भेरीगंगाका कृषकको खेतीपाती, उत्पादन सूचना दिने कृषि एप्स जडान

0
102

भेरीगंगा, पुष १४ -भेरीगंगा नगरपालिकाका कृषकलाई कृषि खेती सम्बन्धि सूचना र जानकारी दिन डिजिटल सूचना प्रविधि जडान गरिएको जिओ कृषि एप्स प्रयोगमा ल्याएका छ । किसानहरुका लागि कृषि जन्य वस्तुको विवरण, हावापानी, तापक्रम, माटो, बजार भाउको बारेमा जानकारी प्राप्त गर्न सकिने गरि नगरपालिकामा जिओ कृषि एप्स प्रविधि जडान भएको हो ।


हेफर इन्टरनेशनल नेपालको आर्थिक तथा सुन्दर नेपाल संस्थाको सहजिकरणमा किसानहरुलाई प्रविधिसंग जोड्न उक्त एप्स प्रयोगमा आएको हो । डिजिटल प्रविधिबाट किसानहरुलाई कृषि सम्बन्धी सम्पूर्ण जानकारी दिनका लागि केआओएस के मेसिन जडान गरि उक्त एप्स संचालन गरिएको हो । बिहिबार सुन्दर नेपाल संस्थाले भेरीगंगा नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत कृष्णप्रसाद पोखे्रललाई उक्त मेसिन हस्तान्तरण गरेको छ । जिओ कृषि एप्स मार्फत किसानहरुले उक्त डिजिटल प्रविधि मार्फत जानकारी पाउन सक्ने जिओ कृषिका कार्यक्रम अधिकृत टोपेन्द्र थापाले जानकारी दिनुभयो । जिओ कृषिमा भेरीगंगा क्षेत्रका एक हजार दुईसय ४८ जना किसानहरु आबद्ध रहेका छन् । किसानहरुले उक्त डिजिटल प्रविधिबाट रोग किरा नियन्त्रणका बारेमा समेत जानकारी पाउन सक्नेछन् । प्रविधिमा तरकारी, अन्न,फलफूल,माछा, पशुपालन सम्बन्धी समेत जानकारी पाउन सक्ने व्यवस्था गरिएको छ । त्यस्तै तीन दिन भित्रको मौसमी विवरण जानकारी दिने तयारी समेत गरिएको छ ।


भेरीगंगा नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत पोखे्रलले यस कार्यले कृषकहरुलाई कृषि तथा पशुपालन सम्बन्धि जानकारी दिने भएको हुनाले यो काम अत्यन्तै राम्रो भएको भनि प्रशंसा गर्नुभयो । उहाँले किसानहरुले उत्पादन गरेका वस्तुहरुको बिक्रि वितरणमा सहज हुने बताउनुभयो । किसानहरुले खेतबारीको माटो परीक्षण गरेर मल प्रयोगका बारेमा समेत जानकारी पाउन सक्ने बताइएको छ । जिल्लामा पहिलो पटक भेरीगंगा नगरपालिमामा डिजिटल मेसिन राखिएको हो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here