भेरिगंगा नगरपालिकाद्वारा १०० दिनमा गरेका महत्वपुर्ण कामहरु सार्बजनिक

0
181

दिलिप ढकाल,भेरिगंगा,भदौ १८ – भेरीगंगा नगरपालिकाका नगर प्रमुख यज्ञ प्रसाद ढकाल र उपप्रमुख धनसरा बोहोराले पद बहाली गरेको सय दिन भित्र सम्पन्न गरेका महत्वपूर्ण कार्यहरु २१ बुदामा सार्बजनीक गरेका छन् । नगर प्रमुख र उपप्रमुखको जिम्मेवारी समहालेको सय दिन बितेको र यो अवधिभर आफुुहरुले गरेको कामको बारेमा नगरबासीलाई जानकारी गराउनका लागि आफुहरुले सय दिन सम्म गरेको कामहरु सार्वजनिक गरेको प्रमुख र उपप्रमुखले बताएका छन् ।
जुन निम्नानुसार छन्।

भेरीगंगा निवासी नागरिकहरु लाई जटिल रोगहरु मुटु, क्यान्सर,मृगौला,पार्किन्सेन्स, अन्जाइमर्स, हेडइन्जुरी, स्पाइनलइन्जुरी,सिकलसेन इन्जुरी र प्यारालाइसिस बाट पूर्ण असक्त नागरीकहरुलाई मासिक दुई हजार उपचार तथा जीवन निर्बाह भत्ता उपलब्ध गराउने निर्णय भएको ,अनावश्यक घरभाडाहरुतथा गाडी भाडाको सम्झौताखारेजी गरी फजुल खर्च घटाइएको ।

सबै नागरिकहरु लाई सहज रुपमा यस नगरपालिकाबाट सेवा लिनका लागी नगर प्रमुख, नगर उपप्रमुख,प्रमुख प्रशासकिय अधिकृत र लेखाअधिकृत संग सेवा लिनका लागि तल्लो तलामा कार्यालय सारी अपाङ्ग, जेष्ठ नागरिक र असक्त नागरिकमैत्री कार्यकक्षको ब्यवस्थापन गरिएको,समग्र भेरीगंगाको विकासको लागि सबै राजनितिकदलका प्रमुखज्युहरु, हालसम्मका निर्वाचित जनप्रतिनिधीहरु,इन्जिनियर र निर्माण व्यावसायीहरु एवं सम्पूर्ण कर्मचारीहरुको अलग, अलग बैठक आयोजना गरी सल्लाह सुझाव लिएर योजना निर्माण गर्ने नयाँ संस्कारको सुरुवात गरिएको ,सम्पुर्ण कर्मचारीहरुलाई जनता संग मुस्कान सहितको सेवाप्रदान गर्न र काममा ढिलासुस्ती र झन्झटको अन्त्य गरी जनमैत्री प्रशासनको सुरुवात गरिएको,

नगरपालिकामा हुने फजुल खर्चको अन्त्य गरी नगरपालिकालाई नीति र विधिमा सन्चालन गर्दै, शुसासनको प्रत्याभुतीगरिएको, भेरीगंगा नगरपालिकाको मदानीचौर देखि पुर्वी क्षेत्रमा बिमानस्थल निर्माणका लागी वातावरण प्रभाव मुल्याकंन गर्न प्रथम पटक संयुक्त बैठक सम्पन्न भएको,नगरपालिकाका प्रमुख शहरहरुमा सरसफाई अभियानको थालनी गरी फोहोरमैला व्यबस्थापन गर्नका लागी डस्टविन बितरण गरिएको, भेरीगंगा नगरपालिकामा खानेपानी, सरसफाई तथा फोहोर मैला व्यवस्थापनका लागी खानेपानी तथा सरसफाई इकाईको स्थापना गरिएको, भेरीगंगा नगरपालिकाका भित्रको फोहोरमैला ब्यबस्थापन गर्न र प्रशोधन केन्द्र निर्माण गर्नको लागि आइइ र दिपिआरको प्रक्रिया सुरु भएको ,किसानको समस्यालाई मध्यनजर गरि साबिकको गाबिस रामघाट र मैनतडा कृषि प्रसार सेवा केन्द्र स्थापना गरि संचालन गरिएको ,

नगरपालिकाको कार्यालय भित्र नागरिक सहायता कक्ष (हेल्पडेस्क) स्थापना गरि संचालन गरिएको ,बिपत पिडित बिरामी तथा गरिब बिपन्न नागरिक हरु लाई स्वास्थ्य उपचार र राहतको लागि आर्थिक सहायता रकम वितरण गरिएको ,छिन्चु बजार छोक देखि इलाका प्रहरी कार्यालय चोक सम्म जाने बाटोको पुरा चौडाई समेतको सडक कालोपत्रे गरिएको,भेरिगंगा १२ मा बसपार्क निर्माणको लागि कार्य सम्झौता सम्पन्न गरिएको,भेरिगंगा वडा नम्बर एक र दुई मा बिधुत लाईन विस्तारका लागि तयार गरिएको म्एच् स्वीकृत भएको ,भेरिगंगा १२छिचु स्वास्थ्य चौकीमा कोभिड १९ को परिक्षण र उपचार कार्य पुनस्सुरु गरिएको,

न्यायिक समिति बाट तिन वटा मुद्दाहरु मेलमिलापको बिधि बाट टुंगो लगाइएको,जनतालाई गुणस्तरीय सेवा दिनको लागी प्रमुख प्रशासकीय अधिकृत र शाखा प्रमुख सँग कार्य सम्पादन सम्झौता गरिएको ,नगरपालिकाका बैठकका प्रस्ताब तथा निर्णय हरु तत्काल धभदकष्तभ मा राखी सार्बजनिक गर्ने कार्यको थालनी गरिएको र विगतमा अधुरा र अपुरा भएका जग्गाहरुको हकमा भुमिआयोग जिल्ला समिती सुर्खेतमा स्वयम निवेदक उपस्थीत भई फारम भर्नु पर्ने प्रावधान भएता पनि जनताको समस्यालाई मध्यनजर गरी सम्वन्धित वडा कार्यालयबाट फारम भराउने व्यवस्था मिलाईएको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here