भेरिगंगामा तीन दिने लेखा व्यवस्थापन तालिम सम्पन्न

0
98

सुर्खेत, पुस १४ -कर्णाली प्रदेशको प्रबेशद्धवारको रुपमा रहेको भेरीगंगा नगरपालिकामा तीन दिने सहकारी सम्बन्धी लेखा व्यवस्थापन तालिम सम्पन्न भएको छ । भेरीगंगा नगरपालिका उद्योग विकास तथा सहकारी शाखाको आयोजनामा मंगलबार देखि सुरु भयको सहकारी सम्बन्धी लेखा व्यवस्थापन तालिम विहिबार सम्पन्न भएको हो ।


लेखा व्यवस्थापन तालिमको समापन कार्यक्रममा भेरीगंगा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पोख्रेल, आर्थिक विकास संयोजक तथा वडा नम्बर ५ का वडा अध्यक्ष प्रेम बहादुर सारु, उद्योग विकास तथा सहकरी शाखा प्रमुख चित्रा डाङ्गी र प्रशिक्षक नेफस्कुन वीरेन्द्रनगर शाखाका कार्यक्रम अधिकृत गणेश प्रसाद रेग्मीले कार्यक्रममा मन्त्वय राखेका थिए । मापन कार्यक्रममा बोल्दै भेरीगंगा नगरपालिका उद्योग विकास तथा सहकारी शाखा प्रमुख चित्रा डाङ्गीले तीन दिनसम्म सिकेको सिपलाई उपलब्धीमुलक बनाउन सहभागीलाई जोड दिनु भयो । कोपोमिसमा आवद्ध हुन र मासिक प्रतिवेदन प्रत्येक महिना शाखामा पेश गर्न नगरभित्रका सहकारी संघ÷संस्थाहरुलाई आह्वान गर्नुका साथै आधार शिला कार्यक्रम पनि छिट्टै सञ्चालन गर्ने समेत उहाले जानकारी दिनु भयो । तीन दिने तालिममा सहभागीलाई सहकारी लेखा प्रणाली, सहकारीको चार खाता, सन्तुलन परिक्षण, नाफा नोक्सान, स्थिती विवरण पत्र, सहकारीका कर कट्टी र मूल्य ह्रास लगायतको विषयमा नेफस्कुन वीरेन्द्रनगर शाखाका कार्यक्रम अधिकृत गणेश प्रसाद रेग्मीले परिक्षण दिएका थिए ।

तालिममा सहभागी ३४ जनालाई प्रमाणपत्र प्रदान गरी समापन गरिएको थियो । उद्यम विकास सहजकर्ता लाल बहादुर कार्कीले सन्चालन गरेको उक्त कार्यक्रमको सहजिकरण सुनिता जैसिले गर्नु भएको थियो । तालिममा भेरीगंगा नगरपालिकाका ३४ जना सहभागिको उपस्थिति रहेको थियो । सहभागी भएका ३४ जनालाई नै प्रमाण पत्र वितरण गरिएको सहजकर्ता कार्कीले जनकारी दिनु भयो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here