सुर्खेत, बैशाख २४ -नेपालका लागि भारतीय राजदुत नबिन श्रीवास्तवले श्री नेपाल राष्ट्रिय माध्यामिक विद्यालय लोदे मैनतडाको आईतबार निर्माण सम्पन्न पक्की विद्यालयको उद्घाटन गर्नुभएको छ । भारत सरकारको २ करोड आर्थिक अनुदानमा निर्मित दुई तले पक्की विद्यालय भवनको एक कार्यक्रमका बिच उद्घाटन भएको हो ।

कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री खड्गबहादुर पोखरेल, भारतीय राजदूत नवीन श्रीवास्तव, जिल्ला समन्वय समिति प्रमुख गंगाराम सुनार, भेरीगंगा नगरपालिका प्रमुख यज्ञप्रसाद ढकालले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । २०६७ कार्तिक २४ गते तत्कालीन भारतीय राजदुत राकेश सुदले शिलान्यास गर्नुभएको उक्त भवनको निर्मण सम्पन्न भएको तीन बर्षपछि उद्घाटन भएको छ । भवन उद्घाटन गर्दै राजदुत श्रीवास्तवले सुर्खेत र कर्णाली प्रदेशको शिक्षा र मानवीय संशाधन विकासमा भारतीय राजदुत सहयोग गर्न र सहकार्य गर्न तत्पर रहेको बताउनुभयो ।

उहाँले यस क्षेत्रका विद्यालयकोे भवन, पुस्तकालय, विद्यालय बस, खेलकुद पूर्वाधार विकासमा सहयोग गर्न आफूहरु तत्पर रहेको भन्नुभयो । उक्त उद्घाटन कार्यक्रममा भेरीगंगा नगरापालिक उपप्रमुख धनसरा बोहराले स्वागत मत्न्वय राख्नुभएको थियो भने वडा नम्बर ८ का वडाअध्यक्ष पुसे कामीको सभापतित्वमा भएको थियो । भवन उद्घाटन कार्यक्रममा कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री पोखरेलले भारत सरकारले कर्णाली प्रदेशका दर्जनौ विद्यालयमा भौतिक पूर्वाधार सहयोग गरेको भन्दै अन्य विद्यालयमा पनि प्रदेश सरकारको समन्वयमा सहयोग गर्न आग्रह गर्नुभयो ।

उहाँले विभिन्न अनुदानमा निर्मित विद्यालय पूर्वाधार समयमा निर्माण सक्न, गुणस्तरीय कार्य गर्न सरोकारवालाई अनुरोध गर्नुभयो । करिव दुई करोडमा निर्माण भएको मावि मैनतडाको भवन तत्कालिन विद्यालय पूर्व अध्यक्ष चन्द्रबहादुर विकेको विशेष पहलमा निर्माण भएको थियो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here