हुमबहादुर कार्की, चैत ११ – सल्यान कालिमाटी गाउँ पालिका वडा नम्बर ४ पुरुवा खेत बस्ने दिलबहादु बिकका अपाङ्ग छोरा मिश्र बिक र छोरी प्रेमकली बिकलाई टोपबहादुर भट्टराईको नेतृत्वमा आर्थिक संकलन गरि पिडित लाई हस्तान्तरण गरिएको छ । पिडित दिलबहादुर बिकका अनुसार छोराछोरी जन्मिएको १२ बर्षसम्म स्वस्फूर्त भएको र १२ बर्षको उमेर पारसंगै छोराछोरी शरीरको आधा भाग नचल्ने बोली पनि राम्रो सङ्ग नआउने हिडडुल गर्न नसक्ने हुदा स्यारसुसार गर्ने उमेरमा हामी आफै सुसारे भएर हुनु परेको बताए ।

कमाउने उमेर मा छोराछोरी दुबै जना अपांग भएको हुदा घरको आर्थिक अबस्था कम्जोर भै घरमा चुल्हो समेत बोल्न अप्ठ्यारो हुदा स्थानीय टोपबहादुर भट्टराईको नेतृत्वमा आर्थिक संकलन गरि बुधबार पिडित परिवारलाई हस्तान्तरण गरिएको हो । आर्थिक सहयोगमा सहयोग गर्नु हुने कालिमाटी गाउँपालिका ६ जुमखोलाका विशाल जैसी दुई हजमार, भेरीगंगा ६ का धनबहादुर कुवर २९००, धनुषा जिल्ला सबैला नगरपालिका ४ का अरुण कापर १४५०, धनुषा जिल्ला सहिद नगरपालिकाका भिम संकर यादव ८६५, मकवानपुर १० नौखामेका संगम तामाङ १४५० र सल्यान कालिमाटी ४ का नेतृत्वकर्ता टोप बहादुर भट्टराई १००० गरि ९६६५ रुपैया बिहिवार पिडित कै घरमा गएर संकलन रकम हस्तान्तरण गरिएको टोप बहादुर भट्टराईले जानकारी दिए ।


घरको आथिक अबस्था नाजुक भएको ले आर्थिक सहयोग गर्न परिवार स्रोतले अनुरोध गरेको छ । उनीहरुको उपचार र घरखर्चका लागि आर्थिक अभाव रहेको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here