गुर्भाकोट, चैत ३०- नँया बर्षको अवसर पारी भोलि बैशाख १ गतेबाट गुर्भाकोटको मेहेलकुनामा संचालन हुने चन्द्रस्मृति कप २०८० खुल्ला प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।

गुर्भाकोट ८ स्थित सुर्यज्योति मावि मैदानमा भोलि विहान ११ बजेबाट सूरु हुने प्रतियोगिताको तयारी, व्यवस्थापन, प्रचारप्रसार, पुर्वाधार निर्माण लगायतका कार्य अन्तिम चरणमा पुगेको हो । प्रतियोगिताको भोलि प्रमुख अतिथि उपप्रधान तथा रक्षामन्त्री पुर्णबहादुर खड्काले उद्घाटन गर्ने कार्यक्रम रहको छ । प्रतियोगिता अन्तर्गत फुटबल, भलिबल, नृत्य, वक्तृत्वकला लगायतका खेलकुद संचालन हुने आयोजक सृजनशील युवा क्लव गुर्भाकोटका अध्यक्ष राजेश पुनले बताउनुभयो ।

प्रतियोगिता भोलि बैशाख १ देखि ९ गतेसम्म संचालन हुने छ । प्रतियोगिात अवधिभर राष्ट्रिय र स्थानीय कलाकारहरुको प्रस्तुती समेत रहने भएको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here