प्रेरक्षा गिरी, चैत २७ -हरेक बर्ष नँया बर्षको अवसर पारी गुर्भाकोटको मेहेलकुनामा संचालन हुने चन्द्रस्मृति कप २०८० खुल्ला प्रतियोगिता हुने भएको छ । गुर्भाकोट ८ स्थित सुर्यज्योति मावि मैदानमा नँया बर्षको अवसरमा बैशाख १ गतेबाट खुल्ला प्रतियोगिता हुने भएको हो ।
प्रतियोगिता अन्तर्गत फुटबल, भलिबल, नृत्य, वक्तृत्वकला लगायतका खेलकुद संचालन हुने आयोजक सृजनशील युवा क्लव गुर्भाकोटका अध्यक्ष राजेश पुनले बताउनुभयो । प्रतियोगिता एक सातासम्म संचालन हुने बताएको छ । खुल्ला प्रतियोगिता भएकोले क्लव, समुह र व्यक्तिगत रुपमा प्रतिस्पर्धामा सहभागीता जनाउन सकिने छ । बैशाख १ देखि ९ गतेसम्म संचालन हुने प्रतियोगितामा भलिबल प्रथम पुरुष्कार १ लाख ११ हजार १११ रुपैँया, फुटबल प्रथम पुरुष्कार ३ लाख ५१ ह्जार, नृत्य प्रथम पुरुष्कार १५ हजार ५५५ र वक्तृवकला प्रथम पुरुष्कार १५ हजार ५५५ रुपैँया रहेको छ । प्रतियोगिात अवधिभर राष्ट्रिय र स्थानीय कलाकारहरु टिका पुन, टिका सानु, धनराज चुनारा, मानसिँह खड्का, करिश्मा घर्तीमगर, सरोज राना, विना रावत लगायतको प्रस्तुत िरहने भएको छ । प्रतियोगिताको सहआयोजक गुर्भाकोट नगरपालिका र वडा नम्बर ८ वडा कार्यालय रहेका छन् ।
बैकिङ्ग पाटर्नर ग्लोबल आईएमई बैक, सोसल मिडिया पाटर्नर गुर्भाकोट ग्यालेरी, रेडियो पार्टनर बिजी एफएम, आरम्भ रेडियो, अन्य प्रायोजकहरुमा दिपेश ईन्जिनियर मेहेलकुना, मेहेलकुना अस्पताल, वल्डलिङ्क ईन्टरनेट रहेका छन् । खेल अवधिभर गोल नेपाल, गुर्भाकोट ग्यालरी, मोटे ग्याङ्ग र चिया मिडियाबाट प्रत्यक्ष प्रशारण गरिने आयोजकले जनाएको छ ।