बाख्रा पालेर आम्दानी गर्दै मानबहादुर

0
271
Herd of goats on mountan meadow

टेकेन्द्र बस्याल, भेरीगंगा, भदौ २१- पछिल्लो समय युवाहरु रोजगारिको अभाब मा बिदेसिने क्रम बढेको छ । पछिल्लो समय स्थानिय सरकार आउदा समेत रोजगारिको अनुभुती हुन नसकेको युवाहरुले गुनासो गरेका छन ।

Herd of goats on mountan meadow

तर नगरभित्रका युवाहरु बिदेशीने क्रम बढी रहेको बेला भेरीगंगा नगरपालिका वडा नम्बर ११ का एक युवा भने व्यवसायीक बाख्रापालनमा लागेका छन् । उनले बाख्रा पालेर विदेशको भन्दा मनग्य आम्दानी गर्दै आएका छन् । भेरीगंगा नगरपालिका ११ रामघाटस्थित अस्मिता बाख्रा फर्मका सञ्चालक मानबहादुर डाङ्गीले बाख्रा पालन ब्यबसायबाट मनग्य आम्दानी गरेका छ्न् । बाख्रा फम सुरु गरेदेखि हालसम्मको आम्दानी सन्तोषजनक रहेको उहाँको भनाई छ । सुरुमा व्यवसाय गर्दा दुख संघर्ष भएपनि अहिले विदेशको आम्दानी घरमै भैईरहेको उहाँ बताउनुहुन्छ ।

रामघाटमा अस्मिता बाख्रा फर्म चलाउँदै आएका मान बहादुरले आफु यो व्यवसायबाट सन्तोषजनक भएको बताउनुहुन्छ । बाख्रापालन व्यवसाय अन्य व्यवसाय भन्दा राम्रो, कम जोखिम र सजिलो रहेको उहाँको अनुभव छ ।

 

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here