बर्षातले सडक बिगारेपछि डुमकोट संग्राहल निर्माण रोकियो

0
752

भेरीगंगा, भदौ ११ -साउन र भदौको बर्षातले सडक बिगारेपछि निर्माणाधीन डुमकोट दलित संग्राहलयको निर्माण कार्य रोकिएको छ । २०७८ माघ २६ गते शिलान्यास भई निर्माण थालिएको संग्राहलयको निर्माण कार्य साउन पहिलो सातादेखि रोकिएको हो ।

बर्षातले डुमकोट संग्राहलय पुग्ने दुई वटा सडकहरु कटान गरि बिगारेको छ । अहिले सडकमा बर्षातको पानीले कटानसंगै ढुंगा, माटोहरु सडकमा थुपारेपछि मोटरसाईकल, ट्याक्टर, टिप्पर, जीपकार कार जान बन्द भएको छ । संग्राहलय निर्माणका लागि सिमेन्ट, बालुवा, पानी, ईटा लैजानुपर्ने सडक अवरुद्ध भएपछि काम रोकिएको भेरीगंगा नगरपालिकाका ईन्जिनियर विजय केसीले बताउनुभयो । सडक अवरुद्धसंगै चाडपर्व सूरु भएकोले अहिले काम रोकिएको ठेकेदार पक्षले जानकारी गराएको केसीले भन्नुभयो । संग्राहलय निर्माण कम्पनी सम्पर्कमा रहेको र केही दिनमै काम सूरु गर्ने बताएको नगरपालिकाको भनाई छ । भेरीगंगा नगरपालिका वडा नम्बर ८ मा निर्माणाधीन साँढे ४ करोडको डुमकोट दलित संग्राहलयको ५० प्रतिशत काम सकिएको छ । संग्राहलय निर्माण ठेक्का लिएको न्यु विशाल कन्ट्रक्शन नेपालगन्जका प्रतिनिधी हेमकर्ण थापाले संग्राहलयमा काम गर्ने कामदार र हेरचाह गर्ने जनशक्ति परिचालन भएको बताउँदै सडक सुधार गरि तीजपछि काम सूरु हुने बताउनुभयो । लगातार बर्षात भए र घाम नलागे सिमेन्ट काम गर्न प्राविधिक समस्या हुने हुँदा जोखिम लिएर काम गर्न समस्या भएको निर्माण पक्षको भनाई छ ।

डुमकोट दलित संग्राहलय तीन तले ४२ कोठेको बन्दै छ । ४ करोड ४५ लाख बजेटमा ३० प्रतिशत लगानी भेरीगंगा नगरपालिका र ७० प्रतिशत लगानी ंसंघीय सरकारको रहेको छ । डुमकोट डाडा भेरीगंगा वडा नम्बर ७ र ८ को मुख्य पर्यटन क्षेत्रका रुपमा रहेको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here