प्रहरीद्धारा तीन सय ४० बोरा चिनी नियन्त्रणमा

0
155

सुर्खेत, कार्तिक १९ – बाँके, बर्दिया हुँदै अवैध रुपमा सुर्खेत ल्याउँदै गरेको ठुलो परिणामको भारतीय चिनी सुर्खेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

ईलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतले भारतबाट चोरी निकासी गरेर ल्याइएको तीन सय ४० बोरा चिनी नियन्त्रणमा लिएको हो । पक्राउउा गरिएको चिनी राजश्व अनुसन्धान शाखा बाँकेमा पठाएको ईलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरीक्षक रमेश राईले बताए । बर्दियाबाट बाँके कोहलपुर सुर्खेत ल्याउँदै गरेको दश चक्के ट्रकको चिनी पक्राउ गरिएको हो । ट्रकमा ल्याएका ५० केजीका दरका तीन सय ४० बोरा चिनी भेरीगंगा नगरपालिकाको ५ स्थित बबईबाट नियन्त्रण लिएको हो ।

भे १ ख ३०४१ नम्बरको ट्रकमा चेकजाँचका क्रममा भारतबाट विना भन्सार चोरीछिपी ल्याएको चिनी नियन्त्रणमा लिएको प्रहरीको भनाई छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here