प्यारालाईसिस ग्रसित बादीद्धारा आर्थिक सहयोगको याचना

0
880

सृजना बारघरे, भदौ १९-करिब तीन हप्तादेखि प्यारालाईसिस भई अस्पतालमा भर्ना भएका भेरीगंगा–७ काठेघारी निवासी बलजीत बादीको उपचारमा आर्थिक समस्या भएको छ । कामको शिलशिलामा जुम्ला गएको अबस्थामा गएको साउन २८ गते प्यारालाईसिस भई बिरामी भएको वादीको उपचारमा आर्थिक अभाव भएको हो ।

प्यारालाइसिसले गर्दा हातखुट्टा चल्न नसक्ने अवस्था भएकाले उनको कोहलपुरमा उपचार चलिरहेको छ । थप उपचार गर्नका लागि उहाको आर्थिक अवस्थाले नभ्याउने भएकोले जीवन रक्षाका लागि सक्दो आर्थिक सहयोग गरुदिन पत्नि कमला बालीले आग्रह गर्नुभयो । सबै मनकारी दाताहरूमा आर्थिक सहयोग गरिदिन उहाँको याचना रहेको छ । तीन हप्तादेखी अस्पतालमा भर्ना हुदा पनि घरको आर्थिक अबस्था कमजोर भएको परिवारजनको भनाई छ ।

थप उपचार हुन नसक्दा रोग झन बढ्दै गएको छ । घरको आर्थिक अवस्था कमजोर भएकोले आफन्तजन तथा देशविदेशमा रहने सबैमा परिवारले सहयोगको आग्रह गरेको छ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here