भेरीगंगा, भदौ १२-नेपाल महिला संघ भेरीगंगाको शनिबार सम्पन्न नगरस्तरीय भेला, भेटघाट कार्यक्रमले नँया नगर कार्यसमिति गठन गरेको छ । शनिबार नेपाली काँग्रेस भेरीगंगा सुर्खेतको समन्वयमा नेपाल महिला संघ नगरस्तरीय भेला, भेटघाटबाट महिला संघको नगर सभापतिमा गोमा टमाटा चयन गरिएको छ ।
टमाटाको अध्यक्षतामा नेपाल महिला संघ भेरीगंगा तदर्थ समिति गठन भएको हो । भेला र भेटघाटसंर्ग आगामी चुनाव केन्द्रित स्थानीय जनशक्तिको परिचालन गरि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको नगर सभापति रामबहादुर सिँहले जानकारी दिनुभयो । नेपाल महिला संघ केन्द्रीय कोषाध्यक्ष जानकी सिङको प्रमुख आतिथ्यमा र नेपाल महिला संघ नगर सभापति गीता कुवरको सभापतित्वमा कार्यक्रम भएको हो ।
यस्तै कार्यक्रममा अतिथिहरु अमृता शाही प्रदेश सासंद, कांग्रेस कर्णाली प्रदेश कोषाध्यक्ष खगिसरा आचार्य, प्रशिक्षकहरु भानुप्रसाद शर्मा, ईन्दा विकको सहभागीता रहेको थियो ।