लेकबेशी, फागुन १९ -नेपाली कांग्रेस लेकबेशी नगर कार्यसमितिको प्रथम ऐतिहासिक नगर सम्मेलन शुक्रबार कल्याणमा सम्पन्न भएको छ । पार्टी सुदृढीकरण, पार्टीलाई जनताको सुखदुखको साथी, विकासमा हातेमालो गर्ने उद्धेश्यले कांग्रेसको लेकबेशी नगर सम्मेलन सम्पन्न भएको हो ।
पार्टीका नगरकार्यसमिति सभापति उमेशकुमार पौडेलेको सभापतित्वमा भएको सम्मेलनमा नेपाली कांग्रेस कर्णाली प्रदेश कार्यसमितिका कोषाध्यक्ष खगिसरा आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । यस्तै विशिष्ट अतिथिहरुमा कांग्रेस जिल्ला उपसभापति विष्णुबहादुर खड्का, काग्रेस जिल्ला सचिव देवबहादुर सुवेदी, कांग्रेस क्षेत्र नम्बर १ क्षेत्रीय सभापति झकबहादुर डाङ्गी, प्रदेश ख सभापति भुपेन्द्र सुवेदीको उपस्थिती रहेको थियो । सम्मेलनमा क्षेत्रीय प्रतिनिधि, पार्टीका भातृ एवं शुभेच्छुक संघका प्रमुख, वडा सभापति, नगर कार्यसमिति, वडा कार्यसमितिका सदस्यहरू र क्रियाशील सदस्यहरुको सहभागीता रहेको थियो ।
नगर सम्मेलनमा पार्टीका नगरको एक बर्षका कार्यक्रम र प्रगति समीक्षा गरिएको नगर सभापति उमेशकुमार पौडेलले भने । पार्टीलाई नगरको नेतृत्वमा नगर कमिटि, वडा कमिटि, भातृसंगठन, क्रियाशिल सदस्यहरुलाई चलायमान र बलियो कसरी बनाउने भन्ने विषयमा छलफल केन्द्रित भएको पौडेलले बताए ।