दिलिप ढकाल, पुष २७ -गुर्भाकोट नगरपालिका वडा नम्बर १३ को नमुना खानेपानि तथा सरसफाई उपभोक्ता कार्यसमितिको चुनाबि सभा सम्पन्न भएको छ । जसमा हस्तबहादुर सुनारको अध्यक्षतामा ११ सदस्य नयाँ कार्यसमिति गठन गरिएको छ ।
जसको उपाध्यक्षमा चित्रमाया थापा, सचिबमा लालपुरा शाही, सहसचिब जितेन्द्र पुन, कोषाध्याक्ष ओमबहादुर गुरुङ चयन भएका छन् । त्यस्तै सदस्यहरुमा हरिलाल खत्री, रुपमाया शार्की, बालबिर गुरुङ, जितबहादुर घर्ति, हेमेन्द्र प्रकाश गुरुङ र दिपेन्द्र घर्ति चयन भएको नमुना खानेपानी तथा सरसफाई उपभोक्ता समितिको कार्यालय सचिव उविकला नेपालीले जानकारी दिनुभयो । निर्बाचन मण्डलको संयोजक गुर्भाकोट नगरपालिकाबाट निर्बाचन संयोजकको रुपमा प्रसाशन प्रमुख चित्रबहादुर ढकाल, सदस्यामा चन्द्रप्रकाश घर्ति र नरेन्द्रकुमार बिक रहनु भएको थियो ।
निर्वाचित सबै पदाधिकारीहरुको कार्यकाल तीन बर्षको हुने छ । नवानिर्वाचित पदाधिकारीहरुले आगामी तीन बर्षमा नमुना खानेपानी तथा सरसफाई उपभोक्ता समितिको सेवा क्षेत्र भित्र रहेका हरेक घरधुरीमा पाईप जडान गरि पानि पुर्याउने तथा विभिन्न ठाउमा पहल गर्ने समेत प्रतिबद्दता ब्यक्त गरेका छन् ।