धान दिवसमा छिन्चु बजारमा सरसफाई

0
306

दिलिप ढकाल, असार १५ – कर्णाली प्रदेशको प्रवेशद्वारको रुपमा रहेको भेरिगंगा नगरपालिका वडा नम्बर १२ को मुख्य बजार क्षेत्र रहेको छिन्चु बजारमा सरसफाइ गरिएको छ । ‘धान बालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ भन्ने मुल नाराका साथ धान दिवस मनाएको छ ।

असार १५ अर्थात धान दिवस को अवसर पारेर आज छिन्चु बजारमा सरसफाई गरिएको हो । सरसफाइ कार्यक्रम भेरीगंगा नगरपालिकाका नगरप्रमुख यज्ञप्रसाद ढकाल र नगर उपप्रमुख धनसरा बोहरा लगायत जनप्रतिनिधिहरु, राजनीतिक दलका प्रतिनिधिहरु , नगरपालिकाका कर्मचारी, स्थानिय ब्यापारीहरु, इलाका प्रहरी, ट्राफिक प्रहरी, विभिन्न संघसंस्थाको सहभागीता रहेको थियो ।

विभिन्न क्षेत्रका प्रतिनिधित्वमा बजार सरसफाइ कार्यक्रम समापन गरिएको थियो । भेरिगंगा नगरपालिकाको आयोजनामा उक्त सरसफाई कार्यक्रम सम्पन्न भएको हो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here