भेरीगंगा, असार ११- भेरीगंगा नगरपालिकाद्धारा संचालित दुना टपरी तालिम सम्पन्न भएको छ । भेरीगंगा नगरपलिका उद्योग बिकास शाखाको आयोजनामा संचालित ७ दिने दुना टपरी तालिम सम्पन्न भएका हुन् । शनिबार एक कार्यक्रमका बिच तालिम समापन गरिएको हो ।
तालिम समापनको अध्यक्षता उद्योग शाखा प्रमुख पिताम्बर पौडेल र प्रमुख अतिथी नगर प्रमुख यज्ञप्रसाद ढकाल र विशेष अतिथीमा नगर उप प्रमुख धनसरा बोहरा रहेका थिए । तालिम समापनमा वडाअध्यक्ष , वडा सदस्य, जनप्रतिनिधी लगायत तालिमका प्रशिक्षार्थीहरुको सहभागीता रहेको थियो ।
नगरको वडा नम्बर १०, ५ र १२ मा संचालित टपरी दुना तालिम समापन गरिएको हो ।
Facebook Comments