सृजना बारघरे, गुर्भाकोट, भदौ २२ – दिदिको घर जान हिडेका बलजित खड्का बेपत्ता भएका छन् । पुर्वी सुर्खेतको गुर्भाकोट नगरपालिका वडा नं. ९ निवासी बलजित खड्का आफ्नी दिदिको घर जाने क्रममा बेपता भएका हुन् ।
हिजो साझ करिब ६ बजे तिर हात्तिखालबाट लेखझिङनी हुँदै दिदिको घर बडाखोली जाने क्रममा बाटोमा बेपत्ता भएका उनी संगै बडाखोली हिडेका उनका आफन्त झकवीर वलीले बताए । लगभग ६० बर्षका खड्का आफु संगै गुर्भाकोट नगरपालिका वडा नं. ६ बडाखोली जान हिडेकामा आफू सुरुसुरु पछाडी नफर्कि हिडेको र घर आएसी मात्र पछाडी फर्किदा उनी बाटोमा बेपत्ता भएको वलील बताएका छन ।
बेपता खड्काले स्ट्कोट, ढाकाटोपी, निलो चप्पल, कालो कपडाको पाइन्ट लगाएको जनाइएको छ। एनको उचाइ करिब ५ फिट भएको र अलि अपांग जस्ता देखिने, बोल्दा पनि अलि अड्किएर बोल्ने भएकाले भेटाउनु हुने महानुभाबले नजिकको प्रहरी चौकीमा सम्पर्क गरिदिन परिवारजनले अनुरोध गरेका छ्न साथै केही जानकारी भएमा खड्काका भतिजा मदन कुमार खड्कालाई सम्पर्क गर्न पनि अनुरोध गरिएको छ ।