तोरीबारी सामुदायिक बन अध्यक्षमा गोविन्द नगाल क्षेत्री

0
107

दिलिप ढकाल, पौष २३- गुर्भाकोट नगरपालिका वडा नम्बर ६ को तोरिबारि नमुना सामुदायिक बन उपभोक्ता समितिको अध्यक्षमा गोविन्द नगाल क्षेत्री सर्बसम्मत चयन भएका छन् । गुर्भाकोट ८ तोरिबारिमा बसेको १५० बढीको भेलाले अध्यक्ष सहित सचिब र कोषाध्यक्षमा चयन गरेको हो ।

सचिब मा खड्क बिर खड्का र कोषाध्यक्षमा तीलसरा बिक चयन भएका हुन् । साथै उक्त भेलाले सदस्यहरुमा नविना बिक,कलावती डाङ्गी,तुलाराम बिक,मनसरा बिक,कलावति बिक,सीता धुरेल,रामकलि बिक,रबि महर र सीता बिक लाई सदस्यमा चयन गरेको हो । यस्तै सल्लाहकार समिति सदस्यमा मान बहादुर डाँगी बिनोद वली र भुमिसरा बिक चयन भएका छन् । भेलाले पौस मसान्त सम्म मात्र घासपात काट्ने निर्णय गरेको छ । यस्तै भेलाले यहि पौष देखि आगामी २०८० पौष मसान्त सम्म बार्षिक रु साठी हजार दिने गरि उपभोक्ता सदस्यबाट महिला वा पुरुष मध्ये एक जना लाई चौकीदार बनाउनको लागि बिज्ञापन खुल्ला गरेको छ ।

साथै रकमको साथमा प्रति घर बाट बार्षिक एक पाथी अनाज दिने निर्णय पनि गरेको छ भने अनाज नदिनेले रु १०० पनि दिन सक्ने छन् । गुर्भाकोट नगरपालिका वडा नम्बर ६ कि महिला वडा सदस्य सरिता रोकायको अध्यक्षतामा उपभोक्ता समितिको भेला सम्पन्न भएको थियो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here