तिहारको भोजमा गएका युवा पोखरीमा डुवेर मृत्यु

0
159

सल्यान, कार्तिक ८- सल्यान बनगाड कुपिण्डे नगरपालिका वडा नं ७ मैदुपोखरिमा डुवेर एक युवाको मृत्यु भएको छ। तिहारको भोज खान साथीहरुसंग गएका ४२ वर्षिया तिलाराम विकको मृत्यु भएको हो ।

मंगलवार दिउँसो १ वजेको समयमा तालमा डुवेर वेपत्ता वनेका तिलारामलाई ईलाका प्रहरीको टोलि,नगरपालिकाको र्याफ्टिङ चलाउने टिमले लास तालबाट निकालेको छ । वडा ७ कै घाँजरिपिपल चोक्या ढुंगाका निवासि विक मानसिक सन्तुलन ठिक नभएको जनाएको छ । मदिरा समेत सेवन गरेका उनी दिउँसो पोखरिमा हाम फालेका थिए ।

तिलाराम तालमा डुवेर वेपत्ता वनेका थिए । पोखरीको सतह घटाएर उनको शव खोजि गरिएको थियोे । उनको शव निकालेर आफन्तको जिम्मा दिएको छ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here