डुमकोट डाँडाबाट टेलिकमको फोरजी सेवा सुरु हुँदै

0
266

भेरींगा, भदौ ८ -नेपाल टेलिकमले भेरीगंगा र गुर्भाकोट नगरपालिकाका आधा दर्जन वडाहरुमा गुणस्तरीय मोबाईल फोन र ईन्टरनेट सेवा दिने गरि डुमकोट डाडाँबाट फोरजी सेवा संचालन अन्तिम तयारी सूरु भएको छ । दशै अगाडीबाट भेरीगंगा ८ र ७ वडामा पर्ने डुमकोट डाँडामा निर्मित बिटिएस टावरबाट नेपाल टेलिकमले फोरजी सेवा सूचारुको तयारी भएको हो ।

नेपाल टेलिकमको सेवास्तर गुणस्तर बनाउन निर्माण गरिएको टावर, बिटिएस सिष्टम, फोरजी सेवाका लागि ९५ प्रतिशत तयारी सकिएको छ । टेलिकमले टावरमा बिटिएस जडान, सोलार जडान, ब्याट्री ब्याकअप जडान, टावर सुरक्षा तारवार काम सम्पन्न भएको डुमकोट डाँडा टावर सहयोगी लालबहादुर खत्रीले जानकारी दिनुभयो । भदौ अन्तिम साता वा दशै अगाडीबाट डुमकोट डाँडा टावरबाट नेपाल टेलिकमको नेटवर्क र फोरजी नेट सेवा सूचारु हुने खत्रीले जानकारी दिनुभयो । अहिले नेपाल टेलिकमको सेवा गुणस्तर नहुँदा भेरीगंगाका वडा नम्बर ७,८, ९ र ६ तथा गुर्भाकोट नगरका वडा नम्बर ५,६,७ र ४ वडाका नगरबासीले नेट र नियमित फोन सम्पर्कका लागि एनसेल मोबाईल बढी प्रयोग गर्न बाध्य छन् ।

यी वडाहरुका लागि नजिक नेपाल टेलिकमको बिटिएस टावर नजिक नहुँदा फोरजी ईन्टरनेट चल्नै मुस्किल छ । टेलिकमको मोबाईल सेवा पनि घरभित्र, कार्यालयभित्र नेटवर्क समेत लाग्दैन् । डुमकोट डाँडाबाट टेलिकमको सेवा विस्तार भए यहाँका दर्जनौ वडाका हजारौ सेवाग्राहीलाई फोन सेवा र फोरजी नेटको प्रयोगबाट लाभान्वित हुनेछन् ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here