जागरण बहुउद्देश्यीय सहकारी संस्थाको चौथो साधारण सभा सम्पन्न

0
61

शृजना बारघरे, पुष २४ – भेरीगंगा नगरपालिका ९ मा संचालित जागरण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको चौथो साधारण सभा सम्पन्न भएको छ । २०७६ पुष ३ गते भेरीगंगा नगरपालिका वडा नम्बर ९ मा स्थापना भई संचालनमा रहेको सहकारीको चौथो साधारण सभा शनिबार जहरेमा कार्यक्रम सम्पन्न भएको हो ।

दिउसो १ बजे देखि सुरु भएको साधारण सभा ४ बजे सम्म सचालन भएको थियो । सहकारीमा हालसम्म ३ सय ३७ जना शेरसदस्य रहेका छन् । सहकारीका सचीव जयबहादुर सुनारले साधारण सभामा आर्थिक बर्ष ०७९÷०८० को प्रगति तथा ०७९÷०८० को वार्षिक नीति, कार्यक्रम र वजेटसँगै लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, लेखा परिक्षण प्रतिवेदन समेत प्रस्तुत भएको थियो । आर्थिक बर्ष ०७९÷०८० मा संस्थाको कुल आर्थिक कारोबार ४ करोड ४० लाख ७ हजार ६ सय ७५.८८ पैसा बरावरको कारोबार भएको थियो । जसमा संस्थाको शेयर पुँजी १६ लाख ७ हजार १ सय रहेको र सहकारीको बार्षिक आम्दानी १५ लाख ३६ हजार ३ सय ३५.०८ पैसा रहेको छ । करिब ३००भन्दा बढी सदस्य हरुको उपस्थितिमा भव्य र सभ्य रूपमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा आफ्नो भनाई राख्दै प्रमुख अतिथि भेरीगंगा नगरपालिका उपमेयर धनसरा बोहराले संस्थाहरु नीति, विधि र प्रविधिमा सञ्चालन हुनुपर्ने, सदस्य र संस्था एक ढिक्का भएमा सहकारी संस्था कहिले पनि समस्यामा नपर्ने तथा जुनसुकै समयमा मा पनि सहकार्य गर्न नगरपालिका सधै तयार रहेको बताउनु भयो । त्यस्तै विशेष अतिथि एवम् भेरीगंगा नगरपालिका वडा नं १३ का वडा अध्यक्ष गणेश बहादुर भण्डारीले सदस्यहरुले संस्थामा बचतका लागि भन्दा पनि कर्जा सेवाका लागि मात्र आवद्धता हुने गरेको पाइएकाले कर्जा मात्रै भन्दा पनि बचत पनि हुन्छ र चाहिएको बेला कर्जा लिन पनि सकिन्छ भन्ने सोचका साथ सहकारीमा बचत गर्न आग्रह गर्नु भएको थियो । उहाले आफ्नो कार्यकालसम्म आफ्नो वडाबाट गर्नुपर्ने सम्पुर्ण जिम्मेवारी पूरा गर्ने र सहकारिमा रहेका सम्पुर्ण शेरसदस्यले सहाकारिमा निरन्तर बचत गर्ने यो बर्ष भन्दा आउने बर्ष धेरै प्रगती गरेको देख्न पाउ भनेर आफ्नो भनाइ राख्नु भएको थियो ।

सहकारीका अध्यक्ष भक्तबहादुर बुढाले सहकारी स्थापना कालदेखि बिश्वास अध्यक्ष पदमा जिम्मेवारी दिएकोमा सहकारी परिवारलाई धन्यबाद दिदै सहकारीलाई जनताको सुख दुखको सारथिको रुपमा अगाडी बढाउन सधै तत्पर रहने बताउनु भएको थियो । संस्थाले ५ जना शेउरसद्स्य २०७९ बैशाख ३० गतेको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिलाई बधाइ तथा शुभकामना सहित प्रमाणपत्र प्रदान गरिएको थियो । सभाले संस्थामा जागरण सुपर पेन्सन बचत योजना अन्तर्गत मासिक ५ हजार बचत गर्ने पबित्रा रोकायालाई पुरस्कार मा २५०० रकम र नियमित १ हजार बचत गर्ने रामु कठायतलाइ ५०० पुरस्कार दिइएको थियो । उत्कृष्ट बाल बचततर्फ बर्षा आग्री लाई प्रमाणपत्र र कापी कलम पुरस्कार प्रदान गरिएको थियो भने नियमित मासिक बचततर्फ वडा ८ कि रुपा चन्द ठकुरीलाई पुरस्कृत गरिएको थियो भने जेष्ठ सदस्य भेरीगंगा ७ कि पुनि कामिलाइ दोसल्ला र प्रमाणपत्र सहित सम्मान गरिएको थियो । सपना बोहरा र गिता बिकलाई सुत्केरी खर्च १ हजार रकम बराबरको सामान प्रदान गरिएको थियोे । उत्कृस्ट कर्मचारी प्रतिमा वलि धौलाकोटी प्रमाणपत्र सहित सम्मानित हुनु भएको थियो। सभाको कार्यक्रम सञ्चालन जयबहादुर सुनारले गर्नुभएको थियो ।

उक्त सहकारीको नयाँ संचालक समिती चयन गरिएको थियो भने अध्यक्षमा भक्तबहादुर बुढा र बाकी ८ जना मा नयाँ २ जना संचालक समितिमा चयन भएका थिए । कार्यक्रममा बोल्दै सहकारीका अध्यक्ष बुढाले सहकारिले आउदो दिनमा सबैको आबस्यकता अनुसारका तालिमको ब्यबस्था गर्ने र आफनै देशमा केही गर्न चाहन्छु भन्नेलाई कम ब्याजमा रकम प्राप्त गर्ने र सधै सहकारिको हितमा रहेर काम गर्न सदस्यहरुलाइ आफना भनाइ राख्दै कार्यक्रम सम्पन्न भएको थियो । संस्थाका अध्यक्ष बुढाको सभाअध्यक्ष मा साधारण सभा सम्पन्न भयको थियो । कार्यक्रममा प्रमुख अतिथी धनसरा बोहरा, विशेष अतिथिमा वडा ६ का अध्यक्ष लालसिङ्ग बुढा , वडा ८ का अध्यक्ष पुसे कामी , वडा ९ का अध्यक्ष प्रेम आग्री , भेरीगंगा नगरपालिका शाखा प्रमुख चित्रा डाङ्गी, भेरिगङ्गा वडा १३ का अध्यक्ष गणेश बहादुर भण्डारी, लेकबेशी नगरपालिका वडा २ का अध्यक्ष चन्द्र बुढाको सहभागिता रहेको थियो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here