सृजना बारघरे, जेठ ११- पुर्वि सुर्खेतको भेरिगङ्गा ९ जहरेमा मेरो स्वास्थ्यःमेरो जिम्मेवारी“ भन्ने नारा सहित खुल्ला निःशुल्क नियमित योग ध्यान कक्षाको सुरुवात भएको छ । भेरिगङ्गा नगरपालिका वडा नम्बर ९ को नागरिक आरोग्य समुहको आयोजनामा निशुल्क योग ध्यान कक्षा सन्चालन गरिएको हो ।
ने.रा.मा.वि जहरेको प्राङ्गणमा “मेरो स्वास्थ्यःमेरो जिम्मेवारी“ भन्ने नारा सहित खुल्ला निःशुल्क नियमित योग ध्यान कक्षाको सुरुवात भएको हो । उक्त योग ध्यान कक्षाको पानसमा वत्ती वालेर भेरिगङ्गा नगरपालिका नागरिक आरोग्य समितिका सयोजक तथा नगर उपप्रमुख श्री धनसरा वोहोरा ज्यु ले औपचारिक उद्घाटन गर्नुभएको हो । उक्त शिविरमा निशुल्क योगका साथै आयुर्वेद ,जडिबुटी ,आहर विहार ,जिवनशैली सम्बन्धि परामर्श समेत दिइनेछ । अवदेखि सुरु भएको कक्षा प्रत्येक दिन बिहान ५ बजे देखि ६ बजे सम्म निरन्तर सन्चालन हुनेछ ।
आयुर्वेद शाखा प्रमुख छविलाल खड्काका अनुसार अव दैनिक विहान निशुल्क योग शिविर संचालन हुनेछन् । योग महत्व र आवश्यकताका बारेमा जानकारी दिन योग शिविर कक्षा संचालन गरिएको उहाँले भन्नुभयो ।