हुम बहादुर कार्की, सुर्खेत- गुर्भाकोट नगरपालिका वडा न.२ संचालित इन्फोस टेक्निकल एजुकेशन सेन्टरका निर्देशक खुम बहादुर बिकले आफ्नो ३५ औ जन्मोत्सव अबसरमा तीन जना बालबालिकाहरु का लागि तीन महिने प्री अङ्ग्रेजी कक्षा र प्री कम्प्युटर तालिम निशुल्क प्रदान गर्ने घोषणा गर्नु भएको हो ।
कार्यलयमा एक संक्षित कार्यक्रमको आयोजना गर्दै कम्प्युटर तालिम विद्यार्थीहरु र परिवारहरुको उपस्थितिमा बोल्दै निर्देशक खुम बहादुर बिकले जन्मोत्सव, विवाह जस्ता अनेक कार्यक्रममा गरिने फजुल खर्चलाई कटाएर इन्च्युटमा अध्ययनरत विद्यार्थीहरुलाई आधुनिक शिक्षा आर्जनका लागि तीन जना तीन महिने प्री अङ्ग्रेजी र कम्प्युटर तालिम अति बिपन्न जेहेन्दार परिवारहरु का लागि १२ बर्ष भन्दा तलका सरकारी सामुदायिक बिध्यालयमा अध्यनरत विद्यार्थीहरु का लागि निशुल्क तालिम प्रदान गरिने बताउनु भयो । साथै इच्छुक बिपन्न परिवार का जेहेन्दार विद्यार्थीले सो अबसरका लागि इन्फोस टेक्निकल एजुकेसन सेन्टरको कार्यलयमा पुगि निबेदन पेश गरेर संकलन निबेदनहरु बाट छनोट गरि ३ जना विद्यार्थीहरु लाई ३ महिना सम्म सो कक्षा निशुल्क दिने समेत उल्लेख घोषणा गर्नु भयो ।
हाल एसइई दिएर बसेका विद्यार्थीहरु का लागि कम्प्युटर कक्षामा २० प्रतिशत छुट र १ महिना सम्म का लागि अङ्ग्रेजी भाषा फ्री को ब्यबस्था समेत सस्थाले सुचना प्रकाशित गरेको थियो । यस इन्च्युटले बिगत ७ बर्ष देखि गुणस्तरीय कम्प्युटर तालिम तथा अङ्ग्रेजी भाषा कक्षा सन्चालन गर्दै आइरहेको छ ।