सृजना बारघरे, सुर्खेत -भेरीगंगा नगरपालिका वडा नम्बर ६ स्थित झिङ्गनीमा रहेको श्री जनज्योति माद्यामिक बिधालयको ब्यबस्थापन समिति अध्यक्षमा पठे वली सर्बसम्मत चयन हुनुभएको छ । पटक पटक बसेको अभिभावक भेला र अर्धसमितिले अध्यक्षमा वलीलाई नै बिद्यालय ब्यबस्थापन समितीको अध्यक्षमा चयन गरिएको हो ।
यहि भदौ १० गतेका दिन बसेको अभिभावक भेला तथा निरन्तर प्रतिनिधिमुलक बसाई पश्चात विव्यवस तथा शिक्षक अभिभावक संघ गठन कार्य सम्पन्न भएको थियो । बिब्यस अध्यक्ष पठे वलीलाई ब्यबस्थापन समितिको अध्यक्षमा सर्बसम्मतबाट चयन गरिएको हो । आफु अध्यक्षमा चयन गर्ने सबैमा धन्यवाद दिदै बिद्यालयका शैक्षिक र भौतिक निर्माणसंगै परिवर्तन बिधालय प्रशासनलाई विशेष तरिकाले निति र विधि अनुरुप शैक्षिक सुधार गर्दै लिने उहाँले बताउनु भयो । वडाअध्यक्ष लालसिङ्ग बुढाथोकीको अध्यक्षतामा बसेको अभिभावक भेलाबाट अध्यक्षमा वली, सदस्यहरुमा तारा गिरी, पुर्णबहादुर बुढाथोकि, डिलसरा खत्री, मानकुमारी घर्ती, लालसिङ्ग बुढाथोकी, अमृता बिक, शिक्षक प्रतिनिधिबाट गणेश ओली, सदस्य सचिबमा प्रअ मानबहादुर ओलि रहनु भएको छ । यस्तै शिक्षक अभिभावक संघ अध्यक्षमा नबिनकुमार शाह र सदस्यहरु रबि बस्याल, सिता परियार, रणबहादुर राना, बिनोद कार्की, गौमाया खत्री, शिक्षबाट सिता थापा, राजकुमार गिरी, पदेन सदस्य प्रअ मानबहादुर ओली तथा सदस्य सचिब शिक्षक टेकबहादुर खत्री लाई चयन गरिएको बिधालायले जानकारी दिएको छ । प्रध्यानाध्यापक स्वत सदस्य सचीवमा रहने प्राबधानमा रहेको हुदा प्रध्यानाध्यापक मानबहादुर वलि रहनु भएको छ ।
नवगठित बिब्यस तथा शिअसका सम्पुर्ण पदाधिकारीहरुले कार्यकाल सूरु गरेका छन् ।
विव्यस अध्यक्ष वलीले आफ्नो कार्यकालमा अपुरा र अधुरा कामलाई पूरा गर्दै बिधालयलाई थप स्तरीय बनाउनमा आफू लाग्ने भन्नुभयो । उक्त बिद्यालयमा बालबिकासदेखि कक्षा १२ सम्म संचालन हुँदै आएको छ ।