जनज्योति माविको डेढ करोडको भवनको शिलान्यास

0
636

भेरीगंगा, जेठ २५- भेरीगंगा नगरपालिका वडा नम्बर ६ स्थित श्री जनज्योति माध्यामिक विद्यालय झिङ्गनीको १२ कोठे भवनको उद्घाटन गरिएको छ । नेपाली सरकारको एक पालिका एक नमुना विद्यालय अन्तर्गत भेरीगंगामा जनज्योति मावि छनोट भएको थियो ।

भेरीगंगा नगरपालिकाका मेयर यज्ञप्रसाद ढकालले आज एक कार्यक्रमका बिच उक्त भवनको शिलान्यास गरेका हुन् । संघीय सरकारको डेढ करोडको लगानीमा उक्त भवन निर्माण थालिएको हो । भवन १२ कोठेको हुने बताएको छ । भवन शिलान्यास संगै निर्माण कार्य अगाडी बढेको छ । संघीय सरकारको एक पालिका एक नमुना विद्यालय अन्तर्गत जनज्योति मावि झिङ्गनीमा छनोट भएको र आज शिलान्यास भएको भेरीगंगा नगरपालिका शिक्षा शाखा प्रमुख गजेन्द्र जिसीले बताउनुभयो ।

तत्कालीन भेरीगंगा नगर शिक्षा समितिको निर्णय र सिफारिस बमोजिम जनज्योति माविलाई एक पालिका एक विद्यालय कार्यक्रमका लागि संघीय सरकारले छनोट गरेको थियो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here